June 20, 2026

पार्टी परित्याग गर्दै रिहा हुँदै चन्द समूहका कार्यकर्ता

0

भोजपुर, 

नेत्र विक्रमचन्द समूहमा आबद्ध भएको अभियोगमा पक्राउ परेका एक व्यक्ति कारागारबाट मुक्त भएका छन् । सङ्खुवासभाको मादी नगरपालिका–५ बस्ने बुद्धिमान तामाङ कारागार मुक्त भएका हुन् ।

उक्त समूहमा आबद्ध भएको भन्दै गत वैशाख २३ गते पक्राउ परेका तामाङलाई जिल्ला कारागारमा ल्याइएकामा उनले सोमबार जिल्ला प्रशासन कार्यालयमा आगामी दिन सो समूहमा लागेर कुनैपनि गतिविधि नगर्ने भनी प्रतिबद्धता जनाउँदै एक विज्ञप्ति पनि निकालेकाले कारागारमुक्त गरिएको प्रजिअ नुरहरि खतिवडाले बताउनुभयो ।

यसैबीच पौवादुङमा गाउँपालिकाले वडा नं १ श्यामशिलाका वडाध्यक्ष ७२ वर्षीय रुद्रबहादुर पाण्डेको निधन भएकामा उहाँको संझनामा शोक मनाउन आज सार्वजनिक बिदा दिएको छ ।

उहाँको गत साउन १८ गते निमोनियाका कारण उपचारका क्रममा धरानको विपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको थियो । आज गाउँपालिकाभरिका सम्पूर्ण सरकारी कार्यालय, शैक्षिक संस्था तथा अन्य कार्यालयमा बिदा दिइएको गाउँपालिकाको विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *