June 20, 2026

माई खोलामा एक व्यक्ति मृत फेला

0

भद्रपुर,

झापाको माई खोला एक व्यक्ति बुधबार बिहान मृत अवस्थामा फेला परेको छन्।

प्रहरी कार्यालय झापाका अनुसार शिवसताक्षी नगरपालिका १० स्थित माईखोलाको पुलदेखि एक सय मिटर दक्षिण खोलामै सोही नगरपालिका माइधार बस्ने ५५ वर्षीय सपन चौधरी मृत अवस्थामा फेला परेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले बताए।

माइखोलामा मान्छे मृत फेला परेको भनी स्थानीयले देखेर अस्थायी प्रहरी चौकी माइधारमा खबर गरेका थिए। प्रहरी टोली घटनास्थलमा पुगेर शवको कानुनी प्रक्रिया पूरा पोस्टमार्टमका लागि अस्पताल पठाएको प्रहरी कार्यालय झापाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *