April 30, 2026

एक साता देखि सदरमुकाम मार्तडीमा विद्युत् अवरुद्ध

0

मार्तडी, 

सदरमुकाम मार्तडीमा रहेको त्रिवेणी साना जलविद्युत् केन्द्रको जेनेरेटरमा खराबी आउँदा एक सातादेखि विद्युत् सेवा नियमित हुनसकेको छैन । साउन ८ गते दिउँसोदेखि विद्युत् सेवा अवरुद्ध हुँदा एक हजार ३०० बढी ग्राहकले नियमितरूपमा बत्ती बाल्न पाएका छैनन् ।

विद्युत् सेवा सञ्चालन भइरहेको बेला एकाएक जेनेरेटरमा खराबी आएपछि अवरुद्ध बनेको विद्युत् सामान्यरूपमा सञ्चालन भए पनि जेनेरेटरले कम विद्युत् उत्पादन गर्ने भएकाले विद्युत् सेवा नियमति हुन नसकेको जलविद्युत् केन्द्रका व्यवस्थापक दयाराम पण्डितले बताउनुभयो ।

विद्युत्गृहमा रहेको उक्त मेसिन बनाउन भारतबाट दक्षकर्मी ल्याइसकेकाले नियमित विद्युत् सञ्चालन हुन अझ एक साता लाग्ने पण्डितको भनाइ छ ।

विद्युत् सेवा अवरुद्ध हुँदा जिल्लामा सरकारी तथा गैरसरकारी सस्ंथाका दैनिक काम र जिल्लामा सञ्चालन हुँदै आएका विद्युतीय सञ्चारमाध्यममा समेत बाधा पुगेको छ ।

मार्तडीमा सञ्चालन हुदै आएका दुई रेडियो र अन्य पत्रपत्रिकाको काममा समेत बाधा पुगेको बडीमालिका खबरका अनलाइन प्रकाशक प्रकाश सिंहले बताउनुभयो । विद्युत् नियमित नहुँदा कार्यालयमा आएका सेवाग्राही पनि मर्कामा परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *