June 23, 2026

शिवनारायण प्राथमिक विद्यालयलाई सहयोग

0

अर्जुनधारा।

झापाको अर्जुनधारा–४मा रहेको शिवनारायण प्राथमिक विद्यालयलाई सोमबार एक कार्यक्रमकोबिच शैक्षिक तथा खेलकुद सामग्रीसँगै जिन्सी सहयोग उपलब्ध भएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चिरञ्जिवी शिवाकोटीको अध्यक्षता र वडाध्यक्ष दुर्गाप्रसाद दाहालाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा स्थानीय अर्जुनधारा नगर सरसफाई अभियानका अभियन्ताहरुको पहलमा संकलन भएको उक्त सामग्रीहरु वितरण गरिएको हो ।

अभियन्ता कमल पोखरेलका अनुसार वितरण गरिएको सामग्रीहरुमा अभियानबाट संकलन भएको २५ हजार रुपैयाँ बराबरको शैक्षिक तथा खेलकुद सामग्रीसँगै एक थान फेन, वडाध्यक्ष दाहालबाट एक थान फेन, एकदेव खनालबाट एक थान फेन र विदुर भट्टराईबाट एक थान फेन रहेको छ ।

विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष नविनकुमार ओली, शिक्षक अभिभावक संघका अध्यक्ष शिवशंकर रिजाल, अभियन्ता पोखरेललगायतले मन्तव्य व्यक्त गरेको कार्यक्रममा वडा सदस्यद्धय धनबहादुर विश्वकर्मा र राधिका जवेगू, अभियन्ताद्धय विमल भट्टराई र विष्णु आचार्यलगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रमको सञ्चालन विद्यालयका प्रधानाध्यापक लक्ष्मीप्रसाद खतिवडाले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *