June 14, 2026

सुरुङ्गा लायन्समा गंगाराम

0

सुरुङ्गा।

लायन्स क्लब अफ कनकाई सुरुङ्गाको तेस्रो वार्षिक साधारणसभाबाट लायन्स वर्ष २०१९÷०२० का लागि अध्यक्षमा गंगाराम दाहाल चयन भएका छन् ।

सुरुङ्गामा सम्पन्न अधिवेशनसहितको साधारणसभाबाट दाहाल सर्वसम्मत रुपमा चयन भएका हुन् । दाहाल सुरुङ्गा क्षेत्रमा सामाजिक गतिविधिमा अग्रणी देखिन्छन् ।

विश्वकै सबैभन्दा ठूलो सञ्जाल भएको सामाजिक संस्थाको रुपमा रहेको यस क्लबका प्रथम उपाध्यक्ष एकमात्र अध्यक्षका उम्मेदवार बन्न सक्ने प्रावधान भए बमोजिम दाहालको एकल उम्मेदवारीमा उपस्थित सम्पूर्णले हात उठाएर समर्थन गरेसँगै शतप्रतिशत समर्थन मत प्राप्त गरी चयन भएका हुन् ।

त्यसैगरी, प्रथम उपाध्यक्षमा भरतकुमार अधिकारी, द्वितीय उपाध्यक्षमा मनोज बस्नेत र तृतीय उपाध्यक्षमा डम्बर थापा (साजन) चयन भएका छन् । सचिवमा गंगाराम गजुरेल (सञ्जय) र कोषाध्यक्षमा त्रिलोचन उप्रेतीलाई मनोनित गरिएको छ । अन्य पदाधिकारी तथा निर्देशकहरु अध्यक्षद्वारा पछि तोकिने बुझिएको छ ।

लायन्स क्लब अफ कनकाई सुरुङ्गाका अध्यक्ष रुपनारायण खतिवडाको अध्यक्षता तथा लायन्स क्लब ३२५ ए १ का रिजन चेयर पर्सन लायन लीलाप्रसाद चिमरियाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *