April 30, 2026

सूर्याेदयमा मेयरकप फुटवल

0

      गोपाल अधिकारी इलाम, दोश्रो सूर्योदय नगरपालिका मेयरकप आमन्त्रण फुटबल प्रतियोगिता २०७६ आजवाट सूर्योदय नगरपालिका वडा…

गोपाल अधिकारी
इलाम, दोश्रो सूर्योदय नगरपालिका मेयरकप आमन्त्रण फुटबल प्रतियोगिता २०७६ आजवाट सूर्योदय नगरपालिका वडा न.ं १२ करफोक मा.वि को खेल मैदानमा शुरु भएको छ ।
सूर्योदय नगरपालिका कि उपप्रमुख दुर्गादेवी भट्टराईको अध्यक्षतामा भएको खेलको प्रमुख आतिथ्यता प्रदेश नम्बर एकका प्रदेश सदस्य काजिमान कागतकोे रहेको थियो । कार्यक्रमा इलाम जिल्ला समन्य समितिका उपप्रमुख चित्र कला वराइली , अर्जुनधारा नगरपालिका नगरप्रमुख हरिकुमार राना ,एन्फा केन्द्रीय सदस्य निरोज खड्की, इलाम जिल्ला खेलकुद संघका उपाध्यक्ष दिपेश गुरुङ्ग इलाम जिल्ला फुटबल संघका उपाध्यक्ष मणि कुमार गुरुङ्ग लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य सुर्योदय नगरपालिका वडा नम्बर १० तथा दोश्रो सुर्योदय नगरपालिका मेयरकप आमन्त्रण फुटबल प्रतियोगिता २०७६ का मूल आयोजक समितका संयोजक पेमा उगेन लामाले स्वागत मन्तव्य राखेका थिए । खेलको उत्घाटन प्रमुख अतिथि वाट प्रमुख रेफरी लोक राज ढुङ्गाना लाई बल हस्तान्तरण गरेर गरेका थिए ।
खेलमा अर्जुनधार नगरपालिले आयोजक टिम संग फराकिलो अन्तरका साथ हार बेहोनु परेको थियो । आयोजक सुुर्योदय नगरपालिकावाट संगम यल्मु,पेमा यल्मु,संजोक खड्गा र आशिष राई ले गोल गरेर क्वाटर फाइनलमा प्रवेश गरेको छ ।
खेलमा इलाम का चार नगरपालिका सुर्योदय,इलाम,देउमाई र माई नगरपालिका सहभागी रहने छन् भने झापा वाट अर्जुनधारा,कन्काइ,शिवसताक्षी र दमक नगरपालिका सहभागी रहने छन् ।
उक्त खेलमा प्रथम विजेतालाई रु २ लाख मेडल,प्रमाण र ट्रफी दोेश्रो विजेता लाई रु १ लाख मेडल,प्रमाण र ट्रफी प्रदान गरिने छ । खेलमा उत्कृष्ट गोल रक्षक,सवार्धिक गोलकर्तालाई नगद रु आठ हजार दिने आयोजक समिति ले जानकारी गराएको छ । आज हुने पहिलो खेलमा दमक नगरपालिका झापा र देउमाई नगरपालिका इलाम र दोश्रो खेलमा कन्काई नगरपालिका झापा र इलाम नगरपालिका इलाम हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *