September 15, 2026

बैतडीमा आगलागी, एकै परिवारका तीन जनाको मृत्यु

0

       बैतडी , बैतडीमा गएराती आगलागी हुँदा एकैघरका तीनजनाको जलेर  मृत्यु भएको छ। मृत्यु हुनेमा…

बैतडी ,

बैतडीमा गएराती आगलागी हुँदा एकैघरका तीनजनाको जलेर  मृत्यु भएको छ।

मृत्यु हुनेमा पुर्चौडी नगरपालिका ५ कुवाकोटका  ४५ वर्षीय करे लुहार उनकी ४० वर्षीया श्रीमती ब्रिन्दा लुहार र ८ वर्षीय छोरा मनोज लुहार रहेका बैतडीका प्रहरी नायव उपरिक्षक नेत्रमणी गिरीले जानकारी दिए।

पुर्चौडी नगरपालिका ५ कुवाकोट घर भई उनीहरु पुर्चौडी नगरपालिका ७ बसपार्कमा टहरा बनाई बस्दै आएका थिए।   बुधबार राति  खाना खाई टहरामा सुतेका उनीहरु चुल्होको आगो एक्कासी सल्केर आगलागी हुँदा लुहार परिवारको जलेर  मृत्यु भएको प्रहरीले जनाएको छ।

बुधबार राति करीब पौने १० बजेतिर आगो लागेको भएपनि करे लुहारको परिवारलाई भने बचाउन नसकिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।   प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएपनि प्रहरी र स्थानीय घटनास्थल पुग्दा उनीहरु जलेर मृत्यु भइसकेको जनाएको छ।

मजदुरी गरेर तथा मागेर जीवन निर्वाह गर्दै आएका लुहार परिवार गएको ७ बर्ष यता बसपार्कमा टहरो बनाइ बस्दै आएका थिए।  घटनाबारे थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी निरीक्षक गिन्द्रबहादुर बोगटीको नेतृत्वमा घटनास्थलतर्फ गएको छ ।-थाहाखबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *