September 13, 2026

सर्पले डसेर ताप्लेजुङमा एक बालकको मृत्यु

0

      ताप्लेजुङ, सर्पले डसेर ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका वडा नं ५ तापेथोकका एक बालकको मृत्यु भएको छ।…

ताप्लेजुङ,

सर्पले डसेर ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका वडा नं ५ तापेथोकका एक बालकको मृत्यु भएको छ।

तापेथोकका अन्दाजी १३ बर्षीय  फाल्गुनन्द तुम्बाहाम्फेको उपचार गर्न लैजाने क्रममा बाटैमा मृत्यु भएको हो। प्राथमिक उपचार पछि घर ल्याएका ति बालकलाई पुन समस्या परेपछि उपचारका लागि झापातर्फ लैजाने क्रममा गर्दा इलामको फिक्कल पु-याउँदा मृत्यु भएको सरस्वती मावि लेलेपका प्रधनाध्यापक राम तामाङले जानकारी दिए।

स्थानीय सुरेश लिम्बुका अनुसार गत वैशाख २६ घर नजिक रहेको गोठमा सर्पले डसेपछि उनलाई परिवारका सदस्यले प्राथमिक उपचार पछि रोग निको हुने आशामा घर फर्काएका थिए। पछि फेरी रोग बल्झिएपछि उनलाई उपचारका लागि लैजादैं गर्दा बाटैमा मृत्यु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *