September 15, 2026

पंकज विक्रम नेम्बाङ चुनिए एन्फाकाे वरिष्ठ उपाध्यक्ष

0

       काठमाण्डाै, अखिल नेपाल फुटबल संघको कार्यकारी समिति बैठकले पंकज विक्रम नेम्बाङलाई वरिष्ठ उपाध्यक्ष चयन…

काठमाण्डाै,

अखिल नेपाल फुटबल संघको कार्यकारी समिति बैठकले पंकज विक्रम नेम्बाङलाई वरिष्ठ उपाध्यक्ष चयन गरेको छ ।

बुढानिलकण्ठकाे पार्क भिलेज रिसोर्टमा मंगलबार सम्पन्न कार्यसमिति बैठकले उपाध्यक्ष नेम्बाङलाई वरिष्ठ उपाध्यक्षमा सर्वसम्मत चयन गरेकाे हाे । उपाध्यक्ष बाहेक कार्यसमिति बैठकले अन्य चार एजेन्डामा पनि निर्णय गरेको छ ।

बैठकले यसै वर्ष जिल्ला, प्रदेश र एन्फा प्रेसिडेन्ट लिग सञ्चालन गर्ने नियमावली पनि अनुमोदन गरेको छ । यस्तै ४५ जिल्लाका फुटबल संघ र ए, बी, सी डिभिजन क्लबहरुमा सम्भाव्यताको अध्यन गरी कम्तिमा १० स्थानमा एकैपटक भौतिक पूवार्धारहरु निर्माण तथा स्तरोन्नति गर्ने निर्णय पनि गरेको छ । यस्तै कर्मचारी कार्यविधि पनि लागू गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *