April 30, 2026

स्कुल बसको ठक्करबाट एकको मृत्यु

0

       रोसन भट्टराई, बुद्धशान्ति । झापाको बुद्धशान्ति गाउँपालिका स्थित कर्णाली एजुकेशन फाउन्डेशनको मे १ ख…

रोसन भट्टराई, बुद्धशान्ति ।

झापाको बुद्धशान्ति गाउँपालिका स्थित कर्णाली एजुकेशन फाउन्डेशनको मे १ ख १८१९ नम्बरको स्कुल बसको ठक्करबाट एक ब्यक्तिको मृत्युभएको छ ।

शुक्रबार विहान साढे ८ बजे विद्यार्थीहरुलाई लिन जुनेली बस्ती गएको गोपाल बहादुर बराइलीले चलाएको बसले ४७ वर्षका स्थानीय राजन जबेगु लाई ठक्कर दिँदा उनको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

विद्यार्थी चढाएर अगाडी बढाउने क्रममा पछाडीको चक्कामा पेलिएर उनको मृत्युभएको जनाइएको छ । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *