September 14, 2026

झापामा धार्मिक एवम् क्षमता विकास प्रशिक्षण

0

बिर्तामोड ।

प्रदेश नम्वर १ भरिका प्रणामी धर्ममा आस्था राख्ने व्यत्तित्वलाई झापामा धार्मिक एवम् क्षमता विकास सम्वन्धि प्रशिक्षण दिइएको छ । श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल, प्रदेश नम्वर १ जिल्ला कार्य समिति झापाको आयोजना तथा प्रारम्भीक समिति दुवागढीको सहयोगमा तीन दिने धार्मिक एवम् क्षमता विकास प्रशिक्षण सम्पन्न भएको हो । श्रीकृष्ण मन्दिर द्वागढी– चन्द्रढगीको प्राङ्गढमा कार्यक्रम भएको थियो ।

३४ वटा प्रारम्भीक समितिबाट एक सय वढी विद्यार्थीको समेत सहभागीतामा भएको धार्मिक एवम् क्षमता विकास प्रशिक्षणको सहजीकरण श्रीकृष्ण प्रणामी युवा परिषद नेपालका निर्वतमान केन्द्रीय अध्यक्ष मातृका प्याकुरेल,प्राध्यापक विनोद शर्मा, र आचार्य विमल दाहालले गरेका थिए ।

श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल जिल्ला कार्यसमिति झापाका अध्यक्ष सुभाष रिजालको अध्यक्षतामा भएको उद्घाटन भद्रपुर नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठले गरेका थिए । सो अवसरमा श्रीकृष्ण प्रणामी सेवा सत्संग परिषद झापाका अध्यक्ष मिलन वस्नेत, मेचीनगर – १४ का वडाअध्यक्ष शंकर पोखरेल, भद्रपुर – ९ का अध्यक्ष रविलाल राजवंशी, चन्द्रगढी सामुदायिक वन समितिका अध्यक्ष हिरा पोखरेल, दुवागढी– चन्द्रगढी प्रणामी मन्दिरका उपाध्यक्ष गोपालकृष्ण मैनाली, सेवा समिति नेपालका सल्लाहकार चरण प्रसाद ढुङ्गाना, परमानन्द मिश्रले युवामा धार्मिक जागरण आवश्यक रहेको औल्याएका थिए ।

त्यस्तै सेवा समितित नेपालका उपाध्यक्ष पदम पोखरेल, सदस्य चन्द्र डाँगी, युवा परिषद प्रदेश नम्वर १ का संयोजक अनिल ढुङ्गाना,केन्द्रीय सदस्य कमल कोइराला, भद्रपुर वडा नम्वर ९ का राम दाहाल, भद्रपुर नगरपालिकाकी प्रेस सल्लाहकार गंगा वराल, निर्माण लहर साप्ताहिकका सम्पादक रोहित काफ्ले, श्रीकृष्ण युवा परिषद् झापाका उपाध्यक्ष टहलदाह ओली, सह सचिव समपर्ण खतिवडा, कोषाध्यक्ष मोहन अधिकारी, सदस्य दिनेश उप्रेती लगायतले विद्यार्थीलाई स्कूले जीवनबाटै सत्मार्गमा लगाउन धार्मिक प्रशिक्षण र व्यवहारिक शिक्षा दिए उनीहरु कुलतमा नफस्ने बताएका थिए । कार्यक्रम स्थानीय प्रारम्भीक समिति अध्यक्ष टीका पौडेलले कार्यक्रमको संयोजन गरेका थिए भने उद्घाटन सत्रको कार्यक्रम सञ्चालन जिल्ला कार्यसमिति सचिव सुरज सापकोटाले गरेका थिए । सो समारोहमा सेवा पूजा प्रशिक्षक राधामदाश उप्रेती र पण्डित मोहनदाश निरौलाले गरेका थिए ।

यता समापन समारोहमा श्रीकृष्ण प्रणामी युवा परिषद नेपालका केन्द्रीय अध्यक्ष नवराज ढकाल उपाध्यक्ष यज्ञ ढकाल, सचिव टंक ओझा, सदस्य राजु शिलवालको आतिथ्य रहेको थियो । मन्दिर समिति अध्यक्ष रमेश प्याकुरेलले स्वागत गरेको कार्यक्रममा पूर्व अध्यक्षहरु कपिलमणि दाहाल, कृष्णमणि प्याकुरेल, दुर्गाप्रसाद पौडेल, हुकुमप्रसाद प्याकुरेललाई सम्मान गरिएको थियो । जिल्ला उपाध्यक्ष टहलदाश ओलीले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सञ्चालन जिल्ला कार्य समिति सचिव सुरज सापकोटाले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *