April 30, 2026

वृद्धाश्रम र बिर्तामोड पव्लिकमा तीज मिलन

0

बिर्तामोड, भदौ १८ । झापाको बिर्तामोड–१ स्थित जगतवस्ती शान्तिटोलका अगुव नागरिकले परोपकार तथा अनुसन्धान केन्द्रद्वारा सञ्चालित वृद्धाश्रममा तीज मिलन समारोह सम्पन्न गरेका छन् ।
तीजलाई भड्किलो र खर्चिलो बनाउनुका सट्टा समाजमा बन्धुत्वको भावना जागृत गराउदै भावी सन्ततीलाई पनि यसको महत्व दर्शाउन सन्देश दिन आश्रममा तीज मिलन समारोह सम्पन्न भएको हो । अगुवा नागरिक हरिवहादुर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमका बीच आश्रममा रहेका ज्येष्ठ नागरिकलाई दर खुवाएर तीजको शुभकामना आदन प्रदान गरिएको थियो । ९ जना महिला र ९ जना पुरुष गरी आश्रममा १८ जना ज्येष्ठ नागरिक बसोवास गर्दै आएका छन् ।
फजुल खर्चलाई कटाएर आश्रममा पुगेका शान्ति टोलका ११ जना अगुवाले आश्रममा रहेका ज्येष्ठ नागरिकलाई दर संगै उनीहरुले इच्छाएको परिकार पनि ख्ुवाएका थिए । आश्रममा अधिकारीको नेतृत्वमा वेनु लुइँटेल, यामवहादुर अधिकारी, रेणुका संग्रौला , दीननाथ दाहाल, खड्ग भण्डारी, रुद्रप्रसाद दाहाल, हेमलाल अधिकारी, गणेश रिजाल , टीका वराल, वाशु गौतम (काठमाडौ)ले ज्येष्ठ नागरिकलाई दर खुवाएका थिए ।
उता बिर्तामोड पव्लिक स्कूल बिर्तामोड– ६ ले तीज विषेश कार्यक्रम सम्पन्न गरेको छ ।
शिक्षा प्रेमी कैलाश पोखरेलको प्रमुख आतिथ्य र विद्यालयका संस्थापक प्रिन्सिपल पशुपति पोखरेलको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो । विद्यार्थीलाई तीजको महत्व र अन्य पर्वका विषयमा जानकारी दिने मुख्य उद्देश्यले विद्यालयमा आोजना गरिएको कार्यक्रममा विद्यार्थीलाई दर समेत खुवाइएको थियो । तीजको महत्वका विषयमा विद्यालयका सहायक प्न्सििपल रमेश नेपाल र शिक्षक दीक्षा वरालले प्रकाश पारेका थिए । कार्यक्रमको सञ्चलन तारा नेपालले गरेका थिए ।

उता राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन झापाको ३ नम्बर क्षेत्रीय समितिले आज समावेशी तिज मिलन महोत्सव सम्पन्न गरेको छ ।
राप्रपा नेपालका महामन्त्री राजेन्द्र लिङदेनको प्रमुख आतिथ्य तथा महिला संगठनकी क्षेत्रीय अध्यक्ष रीता खड्काको अध्यक्षतामा भएको कार्यक्रममा राप्रपा नेपालका केन्द्रीय सदस्य देवीरमण भटृराई मारवाडी महिला मञ्चकी केन्द्रीय उपाध्यक्ष निर्मला जोशी लगायतले बोल्नु भएको थियो । तीज गीत, नृत्य, र संगिनी प्रस्तुत गरिएको सो कार्यक्रममा दर समेत खुवाईएको थियो ।
यसैवीच पथरीया ४ मिया गाँउका १ सय ८५ जना राप्रपा नेपालमा प्रवेश गरेका छन् । रुक्सा खातुन, डिल्सा खातुन लगायत मुस्लिम समुदायको पुरै गाउँ राप्रपा नेपालमा प्रवेश गरेको हो । उनीहरुलाई महामन्त्री लिङदेनले स्वागत गर्नुभयो । त्यसैगरी बनियानीमा पनि आजै महामन्त्री लिङदेनले ३० जनालाई पार्टी प्रवेश गराउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *