September 22, 2026

तमू ह्युल छोंज धी बिर्तामोडको अध्यक्षमा कुमार

0

अर्जुनधारा ।

तमू ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद् बिर्तामोडको अध्यक्षमा कुमार गुरुङ चयन भएका छन् ।

बिर्तामोड–३ बुद्धनगरस्थित निर्माणाधीन तमू संग्राहलयको भवनमा शुक्रबार सम्पन्न तेस्रो अधिवेशनबाट आगामी तीन वर्षे कार्यकालको लागि अध्यक्षमा उनी सर्वसम्मत चयन भएका हुन् ।
त्यसैगरी परिषद्का उपाध्यक्षत्रयमा लक्षिमान गुरुङ, शेरबहादुर गुरुङ र हर्कमाया गुरुङ, सचिवमा लीलाबहादुर गुरुङ, सहसचिवमा ममता गुरुङ, कोषाध्यक्षमा नरजंग घले र सहकोषाध्यक्षमा सरस्वती गुरुङ चयन भएका छन् ।

त्यस्तै परिषद्का सदस्यहरुमा चन्द्रकुमार गुरुङ, चन्द्रकला गुरुङ, डिल्ली गुरुङ, डेलबहादुर गुरुङ, तारा गुरुङ, दूधबहादुर गुरुङ, यशोदा गुरुङ, यामबहादुर गुरुङ, लक्ष्मी गुरुङ र शंकर गुरुङ चयन भएका छन् ।
परिषद्का अध्यक्ष सलबहादुर गुरुङको अध्यक्षतामा आयोजित उक्त अधिवेशनको प्रमुख अतिथि तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद्का केन्द्रीय सल्लाहकार जलकुमार गुरुङले उद्घाटन गरेका थिए ।

अध्यक्ष सलबहादुर गुरुङले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गरेको सोही कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई सम्मानित गरिएको थियो । यसरी सम्मानित हुनेहरुमा परिषद्का संस्थापक एवम् सामाजिक व्यक्तित्व धनकुमार गुरुङ “डीके”, गत शैक्षिक वर्षमा सम्पन्न एसईईमा उत्कृष्ट जीपीए ल्याउन सफल विद्यार्थी विप्लव गुरुङसहित संग्राहलयलाई भूमिदान गर्ने २० जना बढी दाता रहेका छन् ।

कार्यक्रममा परिषद्का केन्द्रीय सदस्य आनन्द गुरुङ, परिषद् झापाका अध्यक्ष टीकाराम गुरुङ, तमू स्यो झापाकी अध्यक्ष अमृता गुरुङ, किरात याक्थुम चुम्लुङ बिर्तामोडका अध्यक्ष हिमालयप्रकाश कन्दङवा, नेवा मुन पासा बिर्तामोडका अध्यक्ष दीनेश श्रेष्ठलगायतले शुभकामना मन्तव्य राखेका थिए । परिषद्की उपाध्यक्ष निर्मला गुरुङले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सचिव लीलाबहादुर गुरुङले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *