September 22, 2026

शनिश्चरे बहुमुखी क्याम्पसको स्ववियुको स्वागत तथा विदाई

0

अर्जुनधारा । 

स्वतन्त्र विद्यार्थी युनियन शनिश्चरे बहुमुखी क्याम्पस इकाई कमिटीको आयोजनामा शुक्रबार स्वागत तथा विदाई कार्यक्रम सम्पन्न भएको छ ।

यस शैक्षिक वर्षका नवआगन्तुक १५० जना विद्यार्थीलाई स्वागत तथा अन्तिम वर्षका ५१ जना विद्यार्थीलाई विदाई गरिएको कमिटीका अध्यक्ष विशाल थापाले जानकारी दिए ।

अध्यक्ष थापाको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि अर्जुनधारा–१का वडाध्यक्ष उपेन्द्र बस्नेतले उद्घाटन गरेका थिए । सोही कार्यक्रममा क्याम्पसलाई क्रमश एक लाख ६९ हजार रुपैयाँ र ५० हजार रुपैयाँ बराबरको पुस्तक उपलब्ध गराउने अर्जुनधारा–१का वडाध्यक्ष बस्नेत र ३का वडाध्यक्ष सीताराम भट्टराईलाई सम्मानित गरिएको थियो ।

कार्यक्रममा सम्मानित व्यक्तित्व वडाध्यक्ष भट्टराई, क्याम्पस सञ्चालक समितिका अध्यक्ष हेमप्रसाद खरेल, प्राध्यापक संघका अध्यक्ष दीनेश बाँस्कोटा, नेपाल विद्यार्थी संघ झापाका सभापति सञ्जय निरौला, अखिल क्रान्तिकारी झापाका अध्यक्ष रञ्जन धमलालगायतले शुभकामना मन्तव्य राखेका थिए ।

त्यसैगरी कार्यक्रममा विद्यार्थीहरुले गीत, कविता तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । कमिटीकी उपाध्यक्ष समिक्षा राईले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन संयुक्तरुपमा सचिव गगन चापागाईं र सहसचिव खेमचन्द्र गौतमले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *