September 17, 2026

मनोसामाजिक विमर्श अभिमूखिकरण तालिम

0

विराटनगर ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा मनोसामाजिक विमर्श अभिमूखिकरण तालिम सम्पन्न भएको छ ।

साउन १५ गतेबाट सञ्चालन भएको उक्त तालिममा कोशी प्रदेश प्रहरी कार्यालय तथा अन्तरगत रहेका प्रहरी कार्यालयका अपराध अनुसन्धान, महिला तथा वालवालिका सेवा केन्द्रमा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक देखि प्रहरी जवान सम्मका ३० जना प्रहरी कर्मचारीहरुको सहभागीता रहेको थियो ।

प्रहरी वरिष्ठ उपरिक्षक जयराज सापकोटाको प्रमुख आतिथ्यमा समापन भएको तालिममा मनोविमर्शकर्ता स्वस्तिका पोखरेलले सहभागी प्रहरी कर्मचारीहरुलाई मनोसामाजिक परामर्श सम्बन्धि बिभिन्न बिषयमा प्रशिक्षण प्रदान गर्नु भएको थियो ।

तालिमले सहभागी प्रहरी कर्मचारीहरुमा मनोसामाजिक समस्याबारे बुझ्न सक्ने क्षमताको विकाश तथा मनोसामाजिक विमर्श दिन सक्ने क्षमता अभिवृद्धि प्रदान भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *