सभामुख घिमिरे र उपसभामुख रानालाई सम्मान गरिँदै
झापा, बिर्तामोड नगरपालिकाले सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना मगरलाई बधाई तथा सम्मान गर्ने भएको छ ।
नगर प्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकले सभामुख घिमिरे र उपसभामुख राना मगरलाई सम्मान गर्ने निर्णय गरेको हो । नगरपालिकाको कार्यालयमा फागुन ४ गते बिहिबार दिउँसो २ बजे बधाई तथा सम्मान कार्यक्रमको आयोजना गरीएको नगरपालिकाका प्रवक्ता अग्निप्रसाद पाण्डेले जानकारी दिनु भयो ।
प्रवक्ता पाण्डेले सभामुख र उपसभामुख एउटै निवार्मचन क्षेत्र झापा २ बाट रहनु र यो विषय गौरव तथा ऐतिहासिक भएको भन्दै बधाई तथा सम्मान कार्यक्रमको आयोजना गरिएको हो बताउनु भयो । कार्यक्रममा अर्जुनधारा नगरपालिका, कनकाई नगरपालिका र बुद्वशान्ति गाउँपालिकाको समेत सहभागिता रहने जनाइएको छ ।
सभामुख घिमिरे नेकपा एमालेबाट प्रत्यक्ष तर्फ र उपसभामुख राना मगर रास्वपा समानुपातिक तर्फबाट सांसद बन्नु भएको थियो ।
