श्रीमद्भागवत धन धान्याञ्चल सप्ताह ज्ञान महायज्ञको उद्घाटन
पथरीशनिश्चरे,
मोरङको पथरीशनिश्चरे वडा नं ५ र ६ शान्तिचौकमा श्रीमद्भागवत धन धान्याञ्चल सप्ताह ज्ञान महायज्ञको उद्घाटन भएको छ ।
सोमबार नगरका उप–प्रमुख देविमाया काफ्लेको प्रमुख आतिथ्यमा महायज्ञको उद्घाटन गरिएको हो ।
उक्त अवसरमा विशिष्ट अतिथिहरु वडा नं। १ का वडाध्यक्ष भीम राई, ५ का वडाध्यक्ष चेतेन्द्र खड्का, ६ का वडाध्यक्ष कृष्णकुमार बस्नेत, ८ का वडाध्यक्ष नविन कार्की रहनुभएको थियो ।
महायज्ञ श्री शान्तेश्वर शिवालय मन्दिर व्यवस्थापन समिति तथा पुराण आयोजक समितिको आयोजना भएको हो । पुराणको प्रमुख कथा वाचक पं। कृष्ण काइराला र उपवाचक पं। शंकर कोइराला रहनुभएको छ ।
