June 17, 2026

झापा, क्षितिज नाट्य प्रतिष्ठानको अगुवाइमा निर्माणाधीन अबस्थामा रहेको झापा नाटक घर निर्माण सहयोगार्थ नाटक मालिनी बिर्तामोडमा २८ सो मञ्चन गरेको छ ।


गत कात्तिक १७ गतेबाट सुरु भएको नाटक मालिनी २६ गते सम्म इन्द्रेणी बैकुइट बिर्तामोडमा मञ्चन गरिएको क्षितिज नाट्य प्रतिष्ठान का केन्द्रीय अध्यक्ष , झापा नाटक घर निर्माणकार्य का अभियन्ता तथा परिकल्पनाकार रंगकर्मी माधब कल्पित ले जानकारी दिए । रबिन्द्र नाथ टैगोरद्बारा करिव १०० बर्ष अघि लेखिएको नाटक मालिनी जेनियसमिडिया प्रा लि को आयोजनामा मञ्चन गरिएको कुरा जेनियसमिडिया प्रा लि का प्रबन्ध निर्देशक निरज पोखरेलले जानकारी दिए । नौ दिनमा २८ सो मञ्चन गरिएको नाटकमा झापाका ४० बढि बिद्यालयका किशोर किशोरी ,शिक्षक अभिभावक तथा आम नागरिक समाज गरि १५ हजार बढिले नाटक हेरेको कुरा क्षितिज साहित्य बिभागका सचिव साथै नाटक मञ्चन समितिका सचिव समेत रहनुभएका ताराप्रकाश भट्टराईले जानकारी दिनु भएको छ ।सुदिप जंग कार्की द्बारा निर्देशीत नाटक मालिनी क्षितिज संगीत साधना प्रतिष्ठानका सचिव सुजन शिवाकोटी को अध्यक्षतामा आयोजना गरिएको थियो । नाटकमा नाम्लो नाट्य समूह मोरङ्गका कलाकारहरुले आफ्नो जिवन्त अभिनय प्रस्तुत गरेका थिए ।पछिल्लो समय दर्शकमा हराउदै गएको रंग साहित्य प्रतीको मोहलाइ उजागर गर्दै झापा नाटक घरलाई पुर्णता प्रदान गर्ने उद्देश्यले यो नाटक मञ्चन गरिएको कुरा क्षितिज संगीत साधना प्रतिष्ठानका महासचिव तथा नाटक मञ्चन समिति कोषाध्यक्ष जितेन्द्र श्रेष्ठले जानकारी दिए । नाटकलाई पुर्णता प्रदान गर्न समिति उपाध्यक्ष मीरा प्रधान,सदस्यहरु लेखराज तामाङ्ग,दिपक न्यौपाने र क्षितिज नाट्य प्रतिष्ठानका सबै बिभागिय समितिहरुको विशेष भुमिका रहेको थियो ।नाटक मञ्चनको खर्च कटाएर बचेको रकम नाटक घर निर्माणमा लगाइने आयोजक समिति अध्यक्ष सुजन शिवाकोटीले जनाएका छन्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *