June 17, 2026

२७ वटा बिद्यालयका ५४ जना बिद्यार्थीलाई पुरस्कार वितरण

0

बिर्तामोड,

उच्च शिक्षालय तथा माध्यमिक संघ हिसान झापाले २७ वटा बिद्यालयका ५४ जना बिद्यार्थीलाई पुरस्कार वितरण गरेको छ । हिसान झापाले विभिन्न संकायमा उत्कृष्ट हुने २७ वटा बिद्यालय र ५४ जना बिद्यार्थीलाई आइतवार ९आज० बिर्तामोडमा एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो ।

२७ वटा विद्यालयका कक्षा ११ मा उत्कृष्ट नतिजा ल्याउने विद्यालगत उत्कृष्ट विद्यार्थी, संकायगत उत्कृष्ट र जिल्ला प्रथम, द्वितीय र तृतीय विद्यार्थीलाई सम्मान गरिएको हो ।

हिसान झापा कार्यबाहक अध्यक्ष गौतम शर्मा शिवाकोटीको अध्यक्षतामा भएको पुरस्कार वितरण कार्यक्रममा राष्ट्रिय परिक्षा बोर्ड प्रदेश कार्यालय बिराटनगरका प्रमुख युवराज पौडेलको प्रमुख आतिथ्य रहेको थियो ।

सम्मानित विद्यार्थीहरुलाई प्रमुख अतिथि पौडेल, विशेष अतिथि हिसानका केन्द्रीय सदस्य डा। रुपक खनाल, हिसानका कार्यवाहक अध्यक्ष गौतम शर्मा लगायतले प्रमाण–पत्रसहित सम्मान गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि प्रमुख अतिथि पौडेल, कमल–३ का वडाध्यक्ष अग्निप्रसाद कोइराला, हिसान मोरङ अध्यक्ष टीएन तिम्सिना लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा हिसानका केन्द्रीय उपाध्यक्ष भेसराज पोखरेल, केन्द्रिय सदस्य डा। रुपक खनाल, प्रदेश अध्यक्ष ज्ञानु खड्का, प्रदेश उपाध्यक्ष गुणराज अधिकारी, प्रदेश सदस्य राधेश्याम ढकाल, मोरङ जिल्ला उपाध्यक्ष टिएन तिम्सिना, झापा सदस्य देबेन्द्र हुमागाई, उत्तम खनाललगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन हिसानका झापा सचिव टेकनाथ भण्डारीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *