June 16, 2026

पथरीशनिश्चरेमा नगर पशु अस्पताल निर्माण हुने

0

पथरीशनिश्चरे,

मोरङको पथरीशनिश्चरे वडा नं. ३ प्रगति टोलमा नगर पशु अस्पताल निर्माण हुनेभएको छ ।

नेपाल लाइभस्टक इनेस्जेसन सेक्टरको अनुदानमा अस्पताल निर्माण हुनेभएको हो । मंगलबार नगरपालिकाले नर्सिङ कन्स्ट्रक्सन प्रा.लि. जलेश्वरलाई भवन निर्माणको लागि जग्गा जिम्मा लगाएको छ ।

सो जग्गा स्थानीय ताराप्रसाद कोइराला लगायत कोइराला परिवारले उपलब्ध गराएको हो । नगर प्रमुख मोहनप्रसाद तुम्वापो, उप–प्रमुख देवीमाया काफ्ले, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, लेखा प्रमुख पिताम्बर वस्ती र ३ नं. वडाध्यक्ष बिजय लिम्बु लगायतको उपस्थिति रहेको थियो ।

३ कठ्ठा ६ धुर जग्गामा निर्माण हुने उक्त अस्पतालको लागत १ करोड ८१ हजार ९८ लाख ८ सय ७६ रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *