अति विपन्नलाई नगरद्वारा टीनको छानो
पथरीशनिश्चरे,

पथरीशनिश्चरे वडा नं २ र ३ का अति नै विपन्न परिवारलाई प्लाष्टिकको छानो हटाई कर्कटपाता ( टीन) लगाउने कार्य भएको छ।
मंगलबार दिउँसो नगर प्रमुख मोहन तुम्वापोले वडा नं २ को कमला घिमिरेको प्लाष्टिकको छानो हटाई टीन लगाउने कार्यको अनुगमन गरेका हुन्।
अस्ति बर्खायाममा प्लाष्टिकको छानो भएको घरमा दैनिकी गुजारेका विपन्न घिमिरे परिवारको घरको छानो टीन, मिस्त्री, कांटी लगायतको ४६हजार ४ सय हाराहारीमा नगरपालिकाको आन्तरिक स्रोतबाट रकम उपलब्ध भएको वडा अध्यक्ष नैना साम्पाङ राईले बताउनुभयो।
यसैगरी, वडा नं ३ मा पनि एक अति विपन्नलाई नगरद्वारा टीनको छानो लगाउने कार्यको लागि ४० हजार रुपैयाँ विनियोजन गरेको जनाइएको छ।
त्यस्तै, नगरपालिकाको कार्यालयले केही दिन अघि नगरभित्रका अति नै विपन्न २ सय परिवारको घरको प्लाष्टिकको छानो हटाई कर्कटपाता लगाउने अभिप्रायले प्रत्येक परिवारलाई ७५ हजार रुपैयाँ बराबरको टीन , मिस्त्री,कांटी आदिका लागि प्रदेश सरकार समक्ष माग गर्दै अनुरोध गरिएको वडाध्यक्ष राईले बताउनुभयो।
उहाँले नगरका १० वटै वडामा २० परिवारको दरले प्लाष्टिकको छानो विस्थापित गरी कर्कटपाता लगाउन नगरपालिकाको कार्यालयले सिफारिस गरेको हो।
