May 1, 2026

पथरीशनिश्चरेमा सडकहरूका खाल्डाखुल्डी मर्मतसम्भार

0

छविराज ढकाल/ पथरीशनिश्चरे,

पथरीशनिश्चरे नगर क्षेत्रभित्र पानी जमेर मुख्य सडक र बाटाहरूमा बनेका खाल्डाखुल्डीहरूमा नगरपालिकाको सहयोगमा मर्मतसम्भार गर्ने कार्य शुरु भएको छ।

अविरल वर्षाका कारण मुख्य तथा सहायक सडक र बाटाहरूमा आवात जावत असहज हुने गरि भएका खाल्डाखुल्डीको मर्मतसम्भार कार्य शुरु गरेको हो।

सोही क्रममा बुधबार वडा नं २ को छ्यालिस बिघे र त्रिभुज चोकमा ट्रिपर मार्फत बालुवा गिट्टी झारिएको छ । ति ठाउँमा भोलि विहान स्थानीय जनताको सहभागितामा डोजरले सम्याईने वडा नं २ का वडाध्यक्ष नैना साम्पाङ राईले जानकारी दिनुभएको छ।

उहाँले वडा नं २ कै भोलि पनि पानी जमेर आवागमनमा अति नै समस्या देखिएका नमुना टोल, प्रगति टोल, शितल चोक, जयचोक लगायतका स्थानहरूमा ट्रिपरले बालुवा, गिट्टी र ढुंगा झारेर मर्मतसम्भार गरिने जनाउनुभयो।

नगरका अरू वडाहरुमा पनि यो कार्य जारी रहेको छ। वर्षाका कारण नगरक्षेत्रका विभिन्न वडाहरुमा यातायातका साधनहरु संचालन गर्न तथा आवात जावत गर्ने असहज परिस्थिति सिर्जना भएपछि नगरपालिकाको कार्यालयले पानी जमेका खाल्डाखुल्डी मर्मतसम्भार गर्न भनी बजेट विनियोजन गरेको बताइन्छ ।

नगरका १० वटै वडाहरूलाई एक – एक लाखका दरले वजेट विनियोजन भएपछि ति वडाहरुमा अहिले धमाधम मर्मतसम्भार भैरहेको जनाईएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *