October 4, 2026

अनन्त परोपकार सहकारीको सभा सम्पन्न

0

झापा , झापाको बिर्तामोड – ४ मा मुख्य कार्यालय रहेको अनन्त परोपकार बचत तथा ऋण सहकारी संस्थाको सातौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
संस्थाका कार्यवहाक अध्यक्ष इश्वरी प्रसाद तिमल्सेनाको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका सहकारी निरीक्षक डिल्ली दाहालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उपाध्यक्ष रवीना संग्रौलाले स्वागत गरेकी थिइन् । कार्यक्रममा ज्येष्ठ नागरिक मुक्तिनाथ तिमल्सेना (१०२ वर्ष) गणेश प्रसाद खनाल, मन्नु ठाकुर, बचत कर्ता पुनित शर्मा , विदुर गिरी, छत्रवहादुर खड्का,असल ऋणी सीता सिटौला, भानुभक्त आचार्य, खगेन्द्र वहादुर लिम्बू, एसइइमा उत्कृष्ठ प्रिति घिमिरे, सिम्रन वुढाथोकी, देवसान तामाङ, उत्कृष्ट कर्मचारी वालकुमारी भट्टराई लाई सम्मान गरिएको थियो ।
त्यस्तै बिर्तामोड नगरपालिकाका सहकारी निरीक्षक दाहाल र संस्थाका कार्यकारी निर्देशक गोकुल प्रसाद अधिकारीलाई विशेष सम्मान गरिएको थियो ।
कार्यक्रममा कार्यकारी निर्देशक अधिकारीले वार्षिक प्रतिवेदन, लेखा समिति संयोजक होम प्रकाश अधिकारीले लेखा समितिको प्रतिवेदन, ऋण उपसमिति संयोजक राम प्रसाद दाहालले ऋणसंग सम्वन्धि प्रतिवेदन शिक्षा उपसमिति सह संयोजक गोविन्द तामाङले शिक्षा उपसमितिको प्रतिवेदन र कर्जा असुली उपसमिति संयोजक राम संशेर राणाले कर्जा असुली सम्वन्धि प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा संस्थाका सल्लाहकार संयोजक डा. रुपक प्रसाद खनाल, राष्ट्रिय सहकारी वैंक बिर्तामोडका सहायक प्रवन्धक कमल खनाल, बिर्तामोड ४ का नि वर्तमान वडाध्यक्ष कुलप्रसाद संग्रौला लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
यसैबीच सहकारीको शेयर सदस्य ६ हजार ८३ जना रहेको बताइएको छ । सहकारीको शेयर रकम एक करोड ८३ लाख एक सय रुपैयाँ रहेको , निक्षेप ५ करोड ७६ लाख ८ सय ६६ रुपैयाँ रहेको , कर्जा लगानी, ६ करोड २४ लाख ६५ हजार रहेको र कोषमा ७२ लाख २९ हजार ६ सय ४४ रुपैयाँ रहेको बताइएको छ । त्यस्तै सहकारीले आर्थिक वर्ष २०७८÷०७९ मा ३१ एक करोड १० लाख ३७ हजार र खर्च ७० लाख २९ हजार गरेको भने नाफा ४० लाख ८ हजार रुपैयाँ गरेको अध्यक्षको प्रतिवेदनमा उल्लेख छ ।
सहकारीको खुल्ला सत्रको कार्यक्रमको संचालन संस्थाका सचिव नेत्र प्रसाद सापकोटाले गरेका थ्एि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *