September 29, 2026

मिलन बस्तीका विस्थापित परिवारलाई राहतसंगै प्रभावित क्षेत्रको अनुमगन

0

बिर्तामोड ।

झापाको कनकाई माई नदीले धारपरिर्वतन गर्दा झापा गाँउपालिका–१ मिलन बस्तीका पाँच घरपरिवार विस्थापित भएका छन् ।

उनीहरुलाई जिल्ला प्रसाशन कार्यालयका निमित्त प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपाने, नेपाल रेडक्रस सोसाईटी झापाका सभापति लोकराज ढकाल, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विश्वमाणी पोख्रेल, सशस्त्र प्रहरीका उपरीक्षक प्रदिपजंग कार्कीसहितको टोलीले अनुगमन गर्दै राहत सामग्री प्रदान गरेको छ ।

बाढीबाट विस्थापित परिवारलाई लत्ताकपडा, खाद्यन्न तथा त्रिपाल लगायतका सामग्री प्रदान गरिएको जनाइएको छ । बाढीबाट कैलाश टुडु,भैयालाल हास्दा, सर्मेन र्मुमु, सागर र्मुमु र सोम हास्दाको परिवार विस्थापित भएको निमित्त प्रमुख जिल्ला अधिकारी न्यौपाले जानकारी दिए ।

केही दिनदेखि भइरहेको बर्षाका कारण झापाका साना तथा ठूला नदीहरुको पानीको बहाब बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *