September 27, 2026

तीन बुँदे सहमतिको पालना गर्न सुमनसिंहको चेतावनी, जबरजस्ती गरे आफुहरुले पनि पक्राउ पुर्जी जारी गर्ने चेतावनी

0

इलाम ।

नेपाल कम्युनिस्ट पार्टिका महासचिव बिप्लव, प्रवक्ता प्रकाण्ड लगायत नेता कार्यकर्ताबिरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको बिरोधमा इलाम सदरमुकाममा मशाल जुलुस प्रर्दशन गरिएको छ।

नेपाल कम्युनिस्ट पार्टी इलामको आयोजनामा निकालिएको मशाल जुलुसमा बोल्दै पार्टिका केन्द्रीय सदस्य तथा इलाम ईन्चार्ज सुमनसिंहले तीन बुंदेको मर्ममा राज्य ईमानदार नहुने हो भने जनताको तर्फबाट पनि पक्राउ पुर्जी जारी गर्ने चेतावनी दिएका छन ।

उनले पक्राउ पुर्जी खारेज नगरे जनताले पनि पक्राउपुर्जी जारी गर्ने, जवरजस्ती गरेका जनताको जेलमा थुन्ने आवश्यक परे कठोर कदम उठाउन सक्ने चेतावनी ििदए । उनले महासचिव बिरुद्धको पक्राउ पुर्जी अमेरिक निर्देशनमा यहाँका कठपुतली दलालहरुले जारी गरेको बताए ।

कोणसभामा बोल्दै सिंहले युक्रेन युद्धमा रसिया लाई तानेर ताईवानमा युद्ध शुरु गर्न खोजेको र सोही अनुसार एमसिसीको आर्थिक प्रलोभन र दबाबमा पारेर नेपालमा चीनबिरुद्ध नेपालमा युद्धलाई स्थापित गर्न खोजेको आरोप लगाए । उनले एमसिसी बिरुद्ध कडा रुपमा नेपाल का क्रान्तिकारिहरु उभिएको हुनाले यहि शक्ति बिरुद्ध षड्यन्त्र गर्दै युद्ध निम्त्याउन र चिनलाई युद्धमा तान्न खोजेको बताए ।

सुमनसिंहले सबै देशभक्त, क्रान्तिकारी र सच्चा लोकतन्त्रबादिहरुलाई रास्ट्रघात र जनघातका विरुद्ध उभिन आव्हान गरे । पानी झरिमा रुझ्दै प्रदर्शनमा उत्रीएका नेकपा कार्यकर्तालाई घेर्न कार्यक्रम स्थलमा प्रहरिको ठुलो संख्या आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *