September 24, 2026

फलामको मुस्ली प्रहार गरी बाबुको हत्या गर्ने पक्राउ

0

तेह्रथुम।

आफ्नै बाबुलाई फलामको मुस्ली प्रहार गरी हत्या गरी फरार रहेका २४ बर्षीय टंकबहादुर भण्डारी पक्राउ परेका छन् ।

उनले मंगलबार बाबु ५३ बर्षीय भक्तबहादुर भण्डारीलाई घरायसी बिवाद हुदाँ धान कुट्ने फलामको मुस्लीले टाउकोमा प्रहार गरी सक्त घाईते बनाई फरार भएका थिए । घाईते भक्तबहादुरको छथर अस्पताल शुक्रवारेमा उपचारको क्रममा मृत्यु भएको थियो ।

फरार रहेका टंकबहादुर भण्डारीलाई जिल्लाहरूमा जान सक्ने नाकाहरूमा जिल्ला प्रहरी कार्यालय तेह्रथुम, ईलाका प्रहरी कार्यालय बसन्तपुर लगायत मातहत प्रहरी कार्यालयहरुबाट प्रहरी परिचालन गरी खोजतलास गर्दा तेह्रथुम म्याङलुङ नगरपालिका पिङ्गुवा खोलाको पुल आसपासको एरियामा फेला पारी पक्राउ गरिएको हो ।

पक्राउ परेका उनलाई मुलुकी अपराध संहिता, २०७४ अनुसार ज्यान सम्बन्धी कसुरमा तेह्रथुम जिल्ला अदालतबाट म्याद थप अनुमति लिई अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *