विराटनगरबाट ६१ किलोग्राम गाँजा बरामद
मोरङ।

मोरङ बिराटनगर महानगरपालिका १४ स्थित भित्री सडक खण्डबाट सिटी सफारीमा लोड गरी लैजादै गरेको अवस्थामा ६१ किलोग्राम गाँजा प्रहरीले बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीलाई देख्न साथ को २ ह ४६१० नम्बरको सिटी र बोरामा लोड गरेको ६१ किलोग्राम गाँजा छोडेर सिटी चालक फरार भएका छन् ।
फरार रहेका सिटी चालकको खोजतलास भईरहेको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।
