September 26, 2026

चराचुरुङ्गीहरुको आहाराका लागि बिरुवा

0

पथरीशनिश्चरे,

मोरङको पथरीशनिश्चरे वडा नम्बर ८ को बुद्ध माद्यामिक विद्यालयको नर्सरी (केर्खा टोल) मा चराचुरुङ्गीहरुको आहाराका लागि फल लाग्ने विभिन्न प्रजातिका २ सय बिरुवा रोपिएको छ ।

सफा र हरियाली बनाउने उद्देश्यले उक्त विद्यालयको नर्सरी क्षेत्रमा जमुना, नेवारो, अमला, शिरीष सहितका बिरुवा रोपिएको हो । कार्यक्रममा वडा नम्बर ८ का वडाअध्यक्ष नवीन कार्की, वडा सदस्य बाबुराम चौधरी, झमकबहादुर लिम्बू, बुद्ध माद्यामिक विद्यालयका ब्यवस्थापन समिति अध्यक्ष खेमबहादुर खड्का, शिक्षक अभिभावक संघका अध्यक्ष सुरेन्द्र चापागाईं, प्रधानाध्यापक बोधराज सिग्देल, बाल जागरण विद्या मन्दिरका प्रधानाध्यापक नरबहादुर कार्की लगायत विद्यालयका शिक्षक, अभिभावक तथा स्थानिय समुदायको उल्लेख्य उपस्थिति रहेको थियो ।

वडा नम्बर ८ ले वडालाई सफा र हरियाली बनाउने घोषणा गरेपछिको यो पहिलो कार्यक्रम रहेको जनाएको छ । जनप्रतिनिधिहरु निर्वाचित भएपश्चात बसेको पहिलो बैठकमा नै वडाअध्यक्षका उम्मेदवारलाई आएको भोट बराबर बिरुवा रोप्ने निर्णय गरेको वडाले आफ्नो निर्णयलाइ कार्यान्वयनमा लगेको वडाध्यक्ष कार्कीले बताउनु भयो ।

आज दुर्गा आधारभुत विद्यालय शुक्रबारेमा पनि धुपी, कल्की सहित बृक्षारोपण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *