इलाममा ब्राउन सुगर सहित दुई जना पक्राउ
इलाम । 
इलामको देउमाई नगरपालिका–३ बाट प्रहरीले प्रतिवन्धित लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा देउमाई नगरपालिका–७ का २० बर्षीय शम्भु लिम्वू र माई नगरपालिका–८ का १८ बर्षीय सुमन लिम्बू रहेका छन् ।
नेपालटार–मंगलबारे स्थित सडक खण्डमा इलाका प्रहरी कार्यालय मंगलबारेबाट चेकिङमा खटिएको प्रहरी निरीक्षक सहितको टोलीले चेकजाँचको क्रममा प्रदेश १–०३–००१ प १६५५ र को १३ प २१६६ नम्वरको मोटरसाईकलमा सवार रहेका उनीहरुको साथबाट तीन ग्राम ब्राउन सुगर बरामद गरेको हो ।
प्रतिवन्धित ब्राउन सुगरसहित पक्राउ परेका उनीहरुको इलाका प्रहरी कार्यालय मंगलबारेबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
