October 1, 2026

हल्दिवारीमा चट्याङ लागेर मरे पाँच वटा सुँगुर

0

हल्दिवारी ।

झापाको हल्दिवारीमा गएराती पानीसँगै परेको चट्याङ लागेर पाँच वटा सुँगुर मरेका छन् ।

चट्याङ लागेर गएराति ११ बजेतिर चार वटा ठुला सुँगुर र एउटा बच्चा गरी पाँच वटा सुँगुर मरेको हल्दिवारी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक फडिन्द्र अधिकारीले बताए ।

हल्दिवारी गाउँपालिका- ५ कन्चनश्री बजार नजिकै रहेको केरुङ कृषि फर्मभित्र पालिएको सुँगुर मर्दा एक लाख मुल्य बराबरको क्षति भएको वडा अध्यक्ष खड्गप्रसाद लावतीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *