शिवसताक्षी नगरका प्रमुख थोप्राको सरप्राइज दमकल पाउँने भए नगरबासीले
विनोद सापकोटा,
झिलझिले ।

शिवसताक्षी नगरबासीले पटक पटक उठाउँदै आएको दमकल आवश्यक्ताको मुद्धा शिवसताक्षी नगरपालिकाका नव नियुक्त नगर प्रमुख रोषन थोप्राले कार्यभार सम्हालेकै दिन सम्बोधन गरेका छन् ।
मेयर पदको प्रत्यासीको रुपमा चुनावी मैदानमा रहँदा नगर प्रमुख थोप्राले कार्यपालिका प्रवेश गरेकै दिन दमकल खरिदको निर्णय हुने उनले मतदातालाई बताउँदै आएका थिए । नगर प्रमुखको कार्यकक्षमा नगर प्रमुख थोप्राले आम नगरबासीले उठाएको विषय र नगरपालिकाको आवस्यक्ता अनुरुप दमकल खरिद गर्ने निर्णय गरेका हुन् ।
नगर प्रमुख थोप्राले पदभार ग्रहण गरेकै दिन आर्थिक वर्ष ०७९–०८० बाट खर्च हुने गरि दमकल खरिदको निर्णय भएको नगरपालिकाका सहायक सूचना अधिकारी डिल्ली नेपालले बताए ।
नेकपा एमाले लगायतका अन्य राजनीतिक दलले नगरमा दमकल खरिदको विषयलाई निर्वाचन घोषणा पत्रमै समेटेका थिए । नगर प्रमुख थोप्राले भने, ‘आम जनसरोकारको विषयलाई पदभार ग्रहण भएकै दिन निर्णय गर्न पाँउदा गर्व लागेको छ ।’ अन्य विषयलाई पनि क्रमै संग अघि बढाइने उनले बताए ।
चार वर्ष अघि वडा नम्बर ७ मा एक घरमा आगो लाग्दा ४ जनाको ज्यान गएको थियो । दमकल नहँदा कयौ घरहरू जलेर खरानी भएको थियो । नगर प्रमुख थोप्राले बिहीबार शिवसताक्षी नगरपालिकाको वडा नम्बर १ को लक्ष्मी नारायण माध्यमिक विद्यालयको मुल गेटमा आइरन चेनगेट र भवनको झ्याल निर्माणका लागि ४ लाख विनियोजन गरेका छन् ।
नगर प्रमुख थोप्राले सो कार्यको लागि १ नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयमा हस्ताक्षर सहितको सिफारिस समेत गरेका छन् । मेयर थोप्राको यो सिफारिस पाँच वर्षको कार्यकालमा पहिलो हो । शिवसताक्षी झापाको शिवसताक्षी नगरमा नव निर्वाचित नगर प्रमुख मेघाहाङ थोप्राले आफु संगै निर्वाचित भएका अन्य पदका जनप्रतिनिधिलाई पदको शफत गराउँदा कतिपयले ०७४ असारको उहि कार्यक्रमलाई सम्झिए ।

नगरपालिका भएपछि पहिलो पटक स्थानिय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिलाई पदको शफत गराउँदा उतिबेला नेकपा एमालेको मात्र हलमा सहभागिता थियो । हुन पनि उतिबेला नेकपा एमालेले २ वडा अध्यक्ष र ३ वडाकार्यपालिका सदस्य वाहेक सबै पदमा विजय हाँसिल गरेको थियो । त्यसैले होला सायद नगरका राजनीतिक दल कार्यक्रममा गएनन् ।
उतिबेलाका नव निर्वाचित चन्द्रकुमार शेर्मा सहित नगरपालिकाको प्रशासन शाखाले नगरका सबै राजनीतिक दललाई निमन्त्रणा गरेको थियो । तर, नगरका राजनीतिक दल पदको शफत गराउने ०७४ को कार्यक्रममा सहभागि हुन गएनन् ।
पाँच वर्ष पछि पुन नेकपा एमालेले नगर प्रमुख र उपप्रमुख सहित ५ वटा वडामा विजय हासिल गर्र्यो । पाँच वर्ष अघिको उहि कार्यक्रम एमाले मय थियो भने पाँच वर्ष पछि उहि कार्यक्रम शिवसताक्षी नगरका राजनीतिकदलमय बन्यो । नगर प्रमुख मेघाहाङ थोप्रा, उपप्रमुख नरमाया कार्की लगायत राजनीतिक दलका अन्य नेता मन्चमा थिए ।
मन्चको अग्रभागमा ११ वटै वडाका वडा अध्यक्षको आसन थियो भने, वडा कार्यपालिकाका सदस्य हलको दायाँ र बाँया भागको बेन्चमा थिए । हलको विचभागको बेन्चमा राजनीतिक दलका नेता कार्यकर्ताको आसन थियो । मन्चमै निवर्तमान नगर प्रमुख चन्द्रकुमार शेर्मा र उपप्रमुख भोजकुमारी नेपाल पनि थिइन् । निवर्तमान नगर प्रमुख चन्द्रकुमार शेर्माले भने ‘बल्ल टाउको हल्का भयो ।’ जतिसुकै राम्रा काम गरेपनि प्रतिपक्षले विना म्युजिक गीत गाउने उनले तितो सत्य सुनाए ।
पाँच वर्षे अनुभव सुनाउदै शेर्माले भने, ‘छिमेकी, आफन्त र नाता गोता पनि घरमा आएन, बोलाउँदा पनि ठुलो भयो, बोल्दैन भनेर रिसाएका छन् । यी सबै व्यस्तताका कारणले गुमाएको सम्पती हो । आज देखि टाउको हल्का भएको महसुस भएको छ ।’ अबको दिन समाजसेवा संगै राजनीति गरेर बित्ने छ ।’ नव निर्वाचित नगर प्रमुख थोप्रालाई बधाई तथा शुभकामना दिन कार्यक्रममा नेपाली कांग्रेस, माओवादी , राप्रपा, जनता समाजवादी पार्टी लगायतका दल कार्यक्रममा सहभागि हुन गए । सबैले पालै पालो शुभकाना मन्तव्य राखे ।
नेकपा माओवादीका नेता महेन्द्र भट्टराईले त, राम्रो कामको समर्थन र नराम्रो कामको आलोचना र विरोध पाटीैले गर्ने बताए । उनले भने, ‘आगो लागेर मर्नबाट बचाउन दमकल, विरामी अस्पताल पुर्याउन एम्बुलेन्स र विपन्न मर्दा घाट सम्म पुर्याउन सव वहान पहिलो कार्यपालिका बैठकले निणय गरोस् । नगरबासी यसैमा खुसी हु्न्छन् ।’ उनकै शैलिमा नेपाली कांग्रेसका नगर सभापति अशोक बस्नेतले पनि निर्वाचनताका जनतालाई दिएका आस्वसन पुरा गरे नेपाली कांग्रेसले पाँच वर्षमात्र होइन सदियौ सम्म रचनात्मक सहयोग हुने बताए ।
राप्रपाका नगर अध्यक्ष मणी खवतरी ख्डकाले पनि उहि कुरा दोहोर्याए । उनले भने, जनताका आधारभुत आवस्यक्तामा राजनीतिक आश्थाका आधारमा विभेद नगरियोस् ।’ जनता समाजबादीका नगर सचिव पवन चाम्लिङले दलहरु विच एकता कायम गर्न नव निर्वाचित कार्यपालिकालाई सुझाव दिए । शिवसताक्षी नगरपालिकाका प्रमुख मेघाहाङ थोप्राले एक भव्य कार्क्रमको बिच नगरका जनप्रतिनिधि लाई पदको शफत गराएका छन् । नगर पालिकाको सभाहलमा आयोजित कार्यक्रममा उप प्रमुख नरमाया कार्की सहित ११ वटै वडाका अध्यक्ष र वडा सदस्यलाई शफत गराएका हुन् ।
प्रमुख प्रशासकीय अधिकृत प्रकाश चौधरीले स्वागत गरेको कार्यक्रमको सञ्चालन नगरका प्रशासन प्रमुख डिल्ली नेपालले गरेका थिए । कार्यक्रम शिवसताक्षी नगरका निर्वाचन प्रमुख मधु पोख्रेलको प्रमुख आतिथ्यमा भएको थियो ।
