हजुरआमाको हत्या गरेको आरोपमा नाति पक्राउ
उदयपुर। 
उदयपुरको कटारी नगरपालिका–७ रिस्कुकी ७० बर्षीया मनमाया दनुवारको हत्या आरोपमा उनकै २६ बर्षीय नाति रोहित दनुवारलाई प्रहरीले पक्राउ गरेको छ ।
हजुरआमा र नातिबीच जग्गा अंश बण्डाको बिषयमा बादबिबाद भई झै–झगडा भएको र रिसको आवेगमा रोहितले मनमायालाई शरिरका बिभिन्न भागमा धारिलो हतियार खुकुरीले प्रहार गर्दा उनको घटनास्थलमानै मृत्यु भएको थियो ।
घटना सम्बन्धमा जानकारी पाउना साथ ईलाका प्रहरी कार्यालय कटारीबाट प्रहरी टोली खटिगई कानुनी प्रकृया पुरा गरी शव परिक्षणको लागी कटारी अस्पताल पठाएको छ भने हत्या आरोपित रोहितलाई पक्राउ गरी घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
