October 1, 2026

हत्या गरेको अभियोगमा पक्राउ

0

कपिलवस्तु ।

आफ्नै झड्केलो छोरा पाँच वर्षीय आशिष कुमालको कुटपिट गरी हत्या गरेको अभियोगमा वाणगंगा नगरपालिका–५ सिमलखोर बस्ने २६ वर्षीय लक्ष्मण कोहारलाई प्रहरीले पक्राउ गरेको छ ।

कोहारले कुटपिट गर्दा गम्भीर घाइते भएका आशिषको सामुदायिक अस्पताल चार नम्बरमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कोपवा र ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *