October 1, 2026

कमल गाउँपालिकामा गठबन्धनका राई र एमालेकी न्यौपानेको अग्रता कायमै

0

उमानाथ भण्डारी
कमल ।


झापाको कमल गाउँपालिकाको अध्यक्षका प्रत्याशी गठबन्धनका तर्फ बाट नेपाली काँग्रेसका हुकुम सिंह राईको अग्रता कायमै छ भने उपाध्यक्षमा नेकपा एमालेकी प्रमिला न्यौपानेले गठबन्धनका पर्शुराम सुवेदीलाई पछि पार्दै अगाडी आउनु हो ।

निर्वाचन कार्यालय बाट घोषणा भएको पछिल्लो मतपरिणाम अनुसार १२ हजार ११८ मत को परिणाम घोषणा हुँदा गठबन्धनका हुकुमसिंह राईले रुख चिन्नमा ५,८६४ मत प्राप्त गरि शुरुदेखीको अग्रतालाई कायम राख्नु भएको छ । उहाँका निकटतम् प्रतिष्पर्धी नेकपा एमालेका भीमप्रसाद राईले सूर्य चिन्हमा ४,४७५ मत प्राप्त गर्नु भएको निर्वाचन कार्यालयले जनाएको छ ।

त्यस्तै उपाध्यक्षमा एमालेकी प्रमिला न्यौपानेले अग्रता लिनुभएको छ । निर्वाचन कार्यालयले सार्वजनिक गरेका पछिल्लो मतपरिणम अनुसार न्यौपानेले सुर्य चिन्नमा ४,७२१ मत प्राप्त गरी अग्र स्थानमा हुनुहुन्छ भने उहाँका निकटतम् पतिष्पर्धी गठबन्धनका तर्फ बाट माओवादीका पर्शुराम सुवेदीले हँसिया हथौडा चिन्ना ४,४४२ मत प्राप्त गर्नु भएको छ ।

वडा नम्वर ४ को वडा अध्यक्षका उमेद्वार चन्द्रप्रसाद भट्राई ले सुर्य चिन्नमा ४०२ मत प्राप्तगरी अग्रस्थानमा हुनुहुन्छ भने वहाँका निकटतम् पतिष्पर्धी गठबन्धनका सुर्य प्रसाद लिम्बुले दापसहितको खुकुरीमा ३४५ मत प्रापत गनुृ भएको छ ।

त्यस्तै वडा नम्वर ५ को वडा अध्यक्षमा एमालेका खगेन्द्र तिवारीले सुर्य चिन्नमा ३४८ मत प्राप्त गरी अग्रस्थानमा हुनुहुन्छ भने गठबन्धनका तर्फ बाट माओवादी का एलवी विस्टले हँसिया हथौडा चिन्ना ३२७ मत प्राप्त गर्नु भएको निर्वाचन कार्यालयले जनाएको छ ।

कमल गाउँपालिकामा जम्मा ३७ हजार ९५० मतदाता रहेकोमा २६ हजार २४२ मत खसेको थियो भने यो समाचार तयार पार्दा सम्म १२ हजार ११८ मतको गणना भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *