लडेर दुई जनाको मृत्यु
विराटनगर ।

मोरङ र झापाको दुई छुट्टा छुट्टै स्थानमा लडेर दुई जनाको मृत्यु भएको छ ।
मोरङ मिक्लाजुङ गाऊपालिका ४ दैत्य स्थित सिरान जंगलमा खिरीको रुखमा चढेर घाँस काट्ने क्रममा सोही स्थानका ४८ बर्षीय धनबहादुर बिश्वकर्माको लडेर मृत्यु भएको छ ।
यता झापाको मेचिनगर नगरपालिका ३ दुधे गोलाटारका ४२ बर्षीय मेघेन्द्र बिक सोही स्थानमा रहेको लाम्पातेको रुखको हागा झार्ने क्रममा लडेर गम्भिर घाइते भएका उनको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
