अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण
मङ्गलबारे, इलाम अस्पताललाई “सहयात्रा नेपाल’ नामक संस्थाले स्वास्थ्य उपकरण हस्तान्तरण गरेको छ । इलाममा रहेको संस्थाले मङ्गलबार एक कार्यक्रमबीच स्वास्थ्य उपकरण हस्तान्तरण गरेको हो ।
फे«ण्डस अफ युकेको आर्थिक सहयोगमा प्राप्त करिब पाँच लाख मूल्य बराबरको स्वास्थ्य उपकरण हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष हेमकुमारी शिवाले जानकारी दिनुभयो ।
कोरोना महामारी नियन्त्रण गर्न सहज होस् भनेर इलाम अस्पताललाई सो सामग्री उपलब्ध गराइएको अध्यक्ष शिवाको भनाइ छ । कोभिड– १९ महामारी नियन्त्रणमा सहयोग गर्न संस्थाले यसअघि पनि सहयोग गर्दै आएको बताइएको छ । विभिन्न स्वास्थ्य उपकरण र स्वास्थ्य सामग्री उपलब्ध गराउँदै आएको शिवाले बताउनुभयो ।
सामग्री जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बराल र संस्थाका प्रतिनिधिले इलाम अस्पतालका निमित्त प्रमुख डा विश्रुत सापकोटा, अस्पतालका व्यवस्थापक क्षितिज खतिवडालाई हस्तान्तरण गर्नुभएको थियो । समन्वय समिति इलामका प्रमुख बरालले प्राप्त सामग्री अस्पतालमा उपचार गर्न आउने नागरिकको लागि महत्वपूर्ण भएको बताउनुभयो ।
अस्पतालका निमित्त प्रमुख डा सापकोटाले कोभिड महामारीको बेला र अन्य समयमासमेत बिरामीको उपचारमा प्राप्त उपकरण सदुपयोग गर्ने बताउनुभयो ।
सहयात्राले यसअघि इलाम अस्पताललाई कोरोना परीक्षण र महामारी नियन्त्रणमा सहयोग पु¥याउन एन्टिजेन किट, मेसिन, पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पिपिइ ) लगायतका सामग्री उपलब्ध गराएको संस्थाका सविता पाण्डेले बताउनुभयो ।
–––
