September 19, 2026

४ जना युट्युबर पक्राउ

0

झापा,

प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोले चार जना युटुवरलाई पक्राउ गरेको छ ।
चरित्र हत्या गर्ने भिडियो, अन्तर्वार्ता तथा फोटोसहितको विवरण प्रसारण गरेको आरोपमा ४ जनाा युट्यबुरलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा दैनिक खबर च्यानलका सञ्चालक दाङको तुलसी उपमहानगरपालिका–१७ घर भई काठमाडौंको गोकर्णेश्वर बस्ने २१ वर्षीय प्रदीप भण्डारी, हरेक पलको खबर च्यानलका सञ्चालक नुवकोटको सुर्यगढी गाउँपालिका–२ चोकदे घर भई काठमाडौं नेपालटार बस्ने २७ वर्षीय शिशिर अधिकारी, सराईचुली मिडिया युट्युब च्यानलकी सञ्चालिका मोरङको बेलबारी–९ घर भई पेप्सिकोला बस्ने पिंकला कार्की र मोर्डन अनलाइन टिभी युट्युब च्यानलका सञ्चालक दोलखा मेलुङ गाउँपालिका–४ घर भई गोकर्णेश्वर बस्ने २४ वर्षीय रोधन तामाङ छन् । उनीहरुलाई युट्युब च्यानलमार्फत महिलाहरूको चरित्र हत्या गरेको आरोपमा पक्राउ गरिएको साइबर ब्यूरोका प्रवक्ता एसएसपी नविन्द अर्यालले जानकारी दिएका छन् ।
पक्राउ परेका चारै जनालाई जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी अनुसन्धान गरिरहेको एसएसपी अर्यालले जानकारी दिएका छन् ।
चरित्र हत्या हुने तथा इज्जत प्रतिष्ठामा आँच पु¥याई घृणा फैलाउने सामग्रीहरू प्रसारण गरी विद्युतीय कारोबार ऐन,२०६३ अन्तर्गतनको कसुर गरेको आरोपमा पक्राउ गरी मुद्दा दायर गरिएको ब्यूरोले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *