September 21, 2026

पथरीशनिश्चरेमा अटो रिक्सा, सिटी सफारी र टेम्पोको स्थानीय भाडादर कायम

0

पथरीशनिश्चरे,

पूर्वी मोरङको पथरीशनिश्चरे नगरपालिकाको राजस्व परामर्श समितिले आजदेखि सम्बन्धित व्यवसायीहरुसित छलफल गरी नगरभित्र सञ्चालित अटो रिक्सा, सिटी सफारी र टेम्पोको स्थानीय भाडादर कामय गरेको छ ।

नगर उपप्रमुख एवम् राजस्व परामर्श समिति संयोजक यमुना विष्ट वास्तोको अध्यक्षतामा भएको बैठकमा नगर प्रमुख दिलीपकुमार राई तथा वडाध्यक्षहरुको समेत उपस्थिती रहेको थियो ।

बैठकमा पथरी उद्योग वाणिज्य संघका अध्यक्ष धनकुमार तामाङ, पथरीशनिश्चरे अटो इरिक्सा संघ, सुनाखरी अटो प्रालि, भूल्के मोरङ प्रालि लगायतका प्रतिनिधिको उपस्थितिमा सरकारले तोकेको पछिल्लो भाडादरलाई समायोजन गर्दै स्थानीय भाडादर कायम गरिएको समितिका सदस्य सचिव ताराप्रसाद ढकालले जनाउनु भएको हो ।

साथै, साेहि बैठकले आ-आफ्नो अटो रिक्सा, सिटी सफारी र टेम्पो अविलम्व नगरपालिकामा सूचिकृत गराउन पनि व्यवसायीसमक्ष अनुरोध गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *