September 24, 2026

पथरीमा आधारभूत स्वास्थ्य केन्द्रको उद्घाटन

0

पथरीशनिश्चरे,

मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नं ४ को आधारभूत स्वास्थ्य केन्द्रको शुक्रबार उद्घाटन गरिएको छ ।

एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गर्दै नगरप्रमुख दिलिप कुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला तथा जनस्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य सहितले नगरवासीहरुलाइ स्वास्थ्य सेवा उपलब्ध गराउन आफूहरुको सक्दो प्रयास भइरहेको बताउनुभएको थियो ।

नगरका सम्पूर्ण स्वास्थ्यकर्मी नगरवासीको स्वास्थ्य सेवा प्रदान गर्न गराउन चुस्त दुरुस्त बनाउन खटिरहेको पनि बताउनुभयो । कार्यक्रममा आधारभूत स्वास्थ्य केन्द्रका लागि अढाइ कट्ठा निशुल्क जग्गा प्रदान गर्ने चन्द्रप्रसाद अधिकारी र त्यहाँका ३ जना महिला स्वास्थ्य स्वयमसेविकालाई पनि सम्मान गरिएको छ ।

सोहि अवसरमा नगरप्रमुख दिलीपकुमार राई, उपप्रमुख यमुना विष्ट बास्तोला, संविधान सभा सदस्य लालबहादुर सुस्लिङ, ४ नम्बर वडाध्यक्ष गोविन्दबहादुर भण्डारी, जनस्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य सहितकाे उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *