माेरङमा पुनः एक साता निषेधाज्ञा थप
पथरिशनिश्चरे,

जिल्ला प्रशासन कार्यालय मोरङले पुनःएक साताका लागि पुनः निषेधाज्ञा जारी गरेको छ ।
भाेलि साेमबार राति १:०० बजेदेखि आगामी साउन ३२ गते रातिसम्म लागु हुने गरी निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाद्वारा आईतबार साँझ एक निषेधाज्ञा आदेश जारी गर्दै साेकाे जानकारी दिइएकाे हाे ।
