June 20, 2026

एनएमसीद्वारा सदस्यलाई सहयोग

0

बिर्तामोड ।

मेचीनगर नगरपालिका–६, काँकरभिट्टा मुख्य कार्यालय रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.(एनएमसी)ले आफ्ना शेयर सदस्यलाई आर्थिक राहत प्रदान गरेको छ ।

बिर्तामोड–१० स्थित संस्थाको सैनिकबजार शाखा अन्तर्गत शेयर सदस्य श्रीमती राममाया बस्नेतको पति तथा कल्पना बस्नेतको बाबु स्व.पूर्णबहादुर बस्नेतको परिवारलाई राहतस्वरुप २५ हजार रुपैयाँ प्रदान गरिएको हो ।

सैनिकबजार कार्यलयगत उपसमिति संयोजक मनु मुखियाले स्व. बस्नेतको निवासमा पुगेर संवेदनापत्रसहित उक्त सहयोग रकम हस्तान्तरण गरेकी हुन् । उनको केही दिन पहिले निधन भएको थियो ।

संस्थाको नीति अनुरुप सदस्यको राहत सुविधावापत उक्त रकम प्रदान गरिएको कार्यालय प्रमुख सन्तोष ढुंगानाले बताए । विषम परिस्थितिमा पनि जन्मदेखि मृत्युसम्मका दुःख–सुखमा एनएमसीले सदस्यहरुलाई साथ दिँदै आएको उनको भनाइ छ ।

कार्यालय प्रमुख ढुंगानाले सञ्चालन गरेको कार्यक्रममा शिक्षासेवी रुपनारायण मुखिया, एकाई संयोजक रत्नबहादुर बस्नेत, कर्मचारी पवन मैनाली, लुवराज प्रसाई, चन्द्रबहादुर राई, केशव मैनाली लगायतको सहभागिता रहेको बजार प्रतिनिधि निशा लिम्बूले जानकारी दिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *