June 17, 2026

होटलमा लुकाएको अवस्थामा खोप भेटिएपछि सामाजिक सञ्जालमा आक्रोश

0

बिर्तामोड ।

झापाको बिर्तामोडस्थित एक होटलमा लुकाएको दुई सय डोज (सय भायल) कोरोनाबिरुद्धको भेरोसिल खोपसहित नगरका स्वास्थ्य प्रमुख पक्राउ परेका छन् । उनी पक्राउ परेसंगै सामाजिक सञ्जालमा आक्रोश पोख्दै कार्वाहीको माग गरेका छन् ।

बिर्तामोड नगरपालिका विभिन्न भ्रष्टाचारीहरुको अखडा नै भएको हो त ? भ्याक्सिन पनि भ्रष्टाचार गर्न छाडेनन् भने अरु के भएको होला ?
– लोकबन्धु कन्दङ्वा

होटलमा खोप ! कडा कार्वाही होस्ः बिर्तामोड स्वास्थ्य शाखाका कोभिड फोकलपर्सन ओम खड्काले १०० डोज खोप लुकाइछिपाइ अनियमितता गरी राखेको अवस्थामा फेला पर्नुले खोपको कालोबजारी कसरी भइरहेको छ भन्ने प्रष्ट हुन्छ ।
फ्रन्ट लाइनमा काम गर्ने पेट्रोलियम मजदुरलाई खोप नदिने, तीनपुस्ते विवरण माग्ने, हजारौं वृद्ध बुवा आमालाई तातो घाममा दिनभर उभ्याएर खोप सकियो भन्दै फर्काउने तर अनियमित ढंगबाट पहुँचमा बसेकालाई खोप विक्री गर्ने माफिया खड्काजी र उनीसँग यस धन्दामा मिलेमतो गर्ने सबैलाई बर्खास्त गरी कडा कार्वाही गरियोस् । कोभिड शुरु भएदेखि फोकलपर्सनको नाममा खड्काजीको व्यापारिक धन्दा मौलाएको र केही कर्मचारीसंग साँठगाँठ गरी राम्रो कमाइ गरेको पनि बजारमा प्रशस्त सुनिन्छ । यसको पनि छानबिन होस् ।
– बिनोद बस्नेत

ताताघाममा नागरिक उभ्याएर, होटल–होटलमा खोप लगेर चरम कालोबजारी गर्ने जो कोही होस् हदैसम्मको कार्वाही गर्न स्थानीय प्रशासन समक्ष माग गर्दछौं ।
– सुवास भट्टराई

बिर्तामोड नगरपालिकाले साउन १२–१५ गतेसम्म लगाएको खोपको जानकारी सार्वजनिक गर । खोपको अनियमितताको पराकाष्ठा हुँदैछ । खबरदार ।
सजेश शिवाकोटी

जनतालाई सास्ती दिएर खोप चाहिँ होटलमा लुकाउने, बिर्तामोडका स्वास्थ्य प्रमुखलाई बर्खास्त गर ।
  – कुमार थापा

यस्ता माफियालाई कोभिड इञ्चार्ज बनाएकोले बृद्ध बुबाआमालाई सास्ती दिएर यो घटना निम्त्याएको हो ।
अनुप सापकोटा

कार्वाहीको दायरामा ल्याउनुप¥यो, यस्ता निच व्यक्तिलाई सबैको सामु चिन्ने गरी देखाइयोस् ।
 – दिपेश प्रसाईं

खबरदारीसँगै यस्तो हर्कत गर्नेलाई कडाभन्दा कडा कार्वाही गरौं ।
 – विष्णु आचार्य

जनताको जीवन रक्षाको विषयमा यस्तो अपराध गर्नेलाई ज्यान सम्बन्धी सजाय होस् ।
– चेतामणि खनाल

नागरिकले खोप नपाउनु, अनि होटलमा खोप भेटिनु– जिम्मेवार को हो ? चाहे जो भए पनि कार्वाही हुनुपर्छ ।
– उर्मिला खरेल

होटलमा खोप लुकाएर सीमित व्यक्ति खुशी पार्न बिर्तामोडका स्वास्थ्य प्रमुखलाई कडा कार्वाही होस् ।
 – वीरबहादुर दर्नाल

बिर्तामोडका स्वास्थ्य प्रमुख बारे धेरै कुराहरू सुनिएको थियो आज प्रमाण नै भेटियो । यति निच र गैह्रजिम्मेवार स्वास्थ्य प्रमुखले राजीनामा दिनुपर्छ । बिर्तामोडबासी माथि यत्रो खेल ? यो प्रतिनिधि घटना मात्र हो । योभन्दा अगाडि यस्ता कति घटना थाहै पाइएन होला ? बिर्तामोड नपाले खोपको विवरण सार्वजनिक गर्नुपर्छ ।
– गजेन्द्रबहादुर पौडेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *