June 17, 2026

मानवअधिकार सञ्जाल र राप्रपाद्वारा ध्यानाकर्षण

0

बिर्तामोड,

मानवअधिकार सञ्जाल झापाकातर्फबाट महासचिव डा. रुपकप्रसाद खनालले शुक्रवार साँझ विज्ञप्ति जारी गरी होटलमा खोप लुकाएर जनताको स्वास्थ्य अधिकारमाथि खेलवाड गर्ने बिर्तामोड नगरपालिका स्वास्थ्य विभागका कर्मचारी लगायतलाई कडाभन्दा कडा सजायको माग गरेका छन् ।

उनले खोपलाई दुरुपयोग हुन नदिन, खोपलाई सहज बनाउन नगरपालिका, जिल्ला प्रशासन र जिल्ला प्रहरीको ध्यानाकर्षण गराएका छन् ।

त्यसैगरी राप्रपा बिर्तामोडकी अध्यक्ष रञ्जु प्याकुरेलले बिर्तामोडका स्वास्थ्य प्रमुख ओम खड्का नै होटलमा खोप लुकाउने कार्यमा संलग्न भएको भिडियो सार्वजनिक भएको भन्दै उनलाई अविलम्ब कार्वाही गर्न स्थानीय सरकार समक्ष माग गरेकी छिन् ।

जनस्वास्थ्यसँग जोडिएको संवेदनशील विषयमा जिम्मेवार निकायका प्रमुख नै संलग्न हुनुले जनआक्रोश चुलिएको र सत्यतथ्य छानविन गरी जनतालाई सूचित गर्न राप्रपाको तर्फबाट उनले माग गरेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *