April 29, 2026

भारतका राष्ट्रपिता महात्मा गान्धीले–जस्ले जेल देखेको छैन उस्ले संसार देखेको छैन भनेका थिए । वास्तवमा जेल अर्थात कारागार भित्रको संसार वेग्लै र अनौठो हुन्छ । त्यहाँ बाहिरी भन्दा भित्री प्रशासन अलग्गै खालको छ । त्यहाँ रहेका कैदी बन्दीहरुले आफ्ना नाइके र भाइ नाइकेका कुरा मान्छन् र उनीहरुकै निर्देशनमा चल्छन् भनिन्छ । जानी नजानी अपराध गरेका, अनाहकमा फसाइएका, अदालतले फैसला गरेकाहरु नै कारागार भित्र रहन्छन् । केही पूर्पक्षका लागि थुनामा राखिएकाहरुपनि अदालतमा पेशीको प्रतिक्षामा जेलभित्रै राखिएका हुन्छन् ।
प्रजातान्त्रिक आन्दोलनका क्रममा देशका जेलभित्र थुप्रै राजनीतिक बन्दीहरु थिए । दक्षिण अफ्रिकाका नेल्शन मण्डेलाले २७ वर्ष जेल जीवनयापन गरेका थिए र उनले जेलभित्रै मुलुकको भावी संविधान तथा आर्थिक ढाँचाको रेखाकंन गरेका थिए भनिन्छ । त्यसैले उनले जेलमुक्त भई राजनीतिमा आएपछि एकवर्ष भित्रैमा देशको संविधान दिनुका साथै मुलुकलाई सुदृढ आर्थिक अवधारणा दिए । जस्ले गर्दा दक्षिण अफ्रिका अहिले उन्नतिको बाटामा अग्रसर देखिन्छ ।  भारतमा महात्मा गान्धी, जवाहरलाल नेहरु आदि नेताहरुले भारत स्वतन्त्रताका लागि आन्दोलन गरेर जेल जीवन विताउँदा मूलुकको भावी संविधानको खाका कोरेका थिए त्यसै कारण डा. भीमराव अम्वेडकरको संयोजकत्वमा बनिएको संविधान निर्माण समितिले वर्षदिन भित्रैमा लोकतान्त्रिक गणतन्त्र भारतवर्षको संविधान तयार गर्न सफल भयो । जुन आजसम्म विभिन्न समयमा सुधार भएपनि चलिरहेको छ ।
हाम्रो नेपालमा १९९० देखि अहिलेसम्म राजनीतिक लडाई चलिरहेको छ । यस वीचमा कैयौं नेपाली सपूतहरुले शहादत प्राप्त गरेभने कति अंग भंग भए । जेलबाट सकुशल फर्कनेहरु राजनीतिमा लागेर उच्च पदमा आसिन हुन पुगे भने कति अकुत सम्पत्ति कमाएर जेल जीवनको व्याज अशुल्न पनि सफल भए । मुलुकको राजनीतिले अझै निकास पाउन सकेको छैन । यद्यपि मूलुक लोकतान्त्रिक गणतन्त्रतर्फ उन्मूख भई सकेको छ । अहिले नेपालका जेलमा राजनीतिक बन्दीहरु छैनन् भन्दा पनि हुन्छ ।
जेल अर्थात कारागारलाई अहिले सभ्य भाषामा सुधारगृह भनिदँैछ । सीमित श्रोत र साधन अनि क्षमता भएको कारागार भित्र असिमित कैदीबन्दीहरु राखिएका छन् । त्यहाँ भित्र मानिसलाई चाहिने न्यूनतम आधारभूत आवश्यकता पनि pu

Leave a Reply

Your email address will not be published. Required fields are marked *