May 1, 2026

आयुषको स्वर, विकलको शब्दमा ‘निर्दोष माया’ सार्वजनिक ( भिडियो )

0

काठमाडौँ ।

उदयमान युवा गायक आयुष खतिवडाले आफ्नो दोस्रो अफिसिएल म्युजिक ‘निर्दोष माया’ सार्वजनिक गरेका छन्।

किशोरावस्थाको प्रेम र आकर्षणलाई वर्णन गरिएको गीतमा शब्द गायक खतिवडाका बुवा विकल खतिवडाले लेखका हुन्। गीतमा स्वयम् गायक खतिवडाको संगीत र संगीत संयोजन रहेको छ।

म्युजिक भिडियोमा गायक आयुष खतिवडा र प्रतिभा कटुवाल फिचर्ड छन्। ज्याज प्रडक्शनले निर्माण गरेको यस भिडियोमा श्रीजन प्रजापतिको छायांकन रहेको छ। भिडियोमा अनिल न्यौपाने क्रियटिभ सुपरभाइजर रहेका छन्। पुनम शाक्य निर्मात्री रहेको यस भिडियोलाई अमन महर्जनको सम्पादन र निर्देशनमा तयार पारिएको हो। गायक खतिवडाको आधिकारिक च्यानल ‘आयुष खतिवडा’ मार्फत भिडियो सार्वजनिक भएको हो।

रक र पप गायन साथमा बाध्यवादन रुचि राख्ने १४ वर्षीय गायक खतिवडा झापामा ९ कक्षामा अध्यनरत छन्। उनले ट्रीनिटी कलेज अफ लन्डन बाट गितार र किवोर्डमा राम्रो अंकका साथ पास गरेका छन्। यसअघि उनले ‘आजै हो’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *