June 17, 2026

कालिका सामुदायिक वन फाइनलमा प्रवेश

0

pu

बुधबारे, फागुन १२ ।   बुधबारे–८ मा संचालन भैरहेको नकआउट फुटबल प्रतियोगिताको दोस्रो सेमीफाइनल खेलमा कालिका सामुदायिक वन समूह धाईजनले, थोप्ले बिरान सामुदायिक वन समूह मेचीनगरलाई शून्यका बिरुद्ध एक गोलले पराजित गर्दै फाईनलमा प्रवेश गरेको छ ।
१४ गते बुधबार आदर्श नमूना सामुदायिक वन समूह बुधबारे–८ र कालिका सामुदायिक वन समूह धाईजनबीच फाईनल खेल हुनेछ । आज भएको खेलको पहिलो हाफमा कालिकाका जर्सी नं. १४ का खेलाडीले रेडकार्ड खाई दशजनामा सिमित कालिका टिमका खेलाडी प्रकाश मेचेले दोस्रो हाफमा ३५ यार्डबाट फ्रिकिक हान्दै सुन्दर गोल गरेका थिए । दोस्रो हाफमै थोप्ले बिरानका जर्सी नं. २ का खेलाडीले पनि रेडकार्ड खाई मैदानबाट बाहिरिएका थिए । खेलका म्यान अफ द म्याच थोप्ले बिरान सामुदायिक वन समूहका जर्सी नं. ९ रञ्जित लिम्बु घोषित भए । खेल रेफ्री लोकराज अधिकारीले खेलाए । फुटबल खेल सफल पार्न खेलमा सहभागि सामुदायिक वन समूह र केही संस्थाहरुले स्वस्फुर्त रुपमा सहयोग गरेका छन् । सहयोग गर्नेहरुमा कालिका सामुदायिक वन समूहले रु.१० हजार, थोप्ले बिरान सावसले ३ हजार, बाँसबारी सावसले ३ हजार, मागुरमाडी सावस बिट नं. १ ले ५ हजार र मागुरमाडी सावस बिट नं. २ ले १० हजार आर्थिक सहयोग गरेका छन् ।

विभिन्न संस्थाहरुमा इन्भेन्ट्री ओरिएन्टेशन ल्याङग्वेज सेन्टर बिर्तामोडले खेलको सेमीफाईनलमा पुग्न सफल टिमका अनुशासित तथा बिपन्न खेलाडीहरुलाई ५० प्रतिशत छुटमा अध्ययन गर्ने अवसर प्रदान गर्ने सेन्टरका प्रबन्ध निर्देशक यामबहादुर लिम्बु (उत्तम) ले प्रतिबद्धता जनाएका फुटबल आयोजक समिति संयोजक परशुराम चेम्जोङ्गले जानकारी गराए । त्यस्तै बिर्तामोडका साकुरा मेनपावरले १८ जना खेलाडीलाई मोजा प्रदान गर्ने र खगोल ओभरसिज, स्वस्तिक मेनपावर, पूर्वाञ्चल ट्याक्सी संघले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका खेल संयोजक चेम्जोङ्गले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *