September 13, 2026

काठमाडौंमा बर्डफ्लू, २५ सय पंक्षी नष्ट गरियो

0

काठमाडौं ।

नेपालमा पंक्षी तथा चरामा लाग्ने रोग बर्डफ्लू देखिएको छ । काठमाडौंको तारकेश्वर नगरपालिका–७ मा किसानले पालेका पालेका टर्की र हाँसमा बर्डफ्लू पुष्टि भएको पशु सेवा विभागले जनाएको छ ।

विभागले शनिबार विज्ञप्ति जाारी गर्दै पशुपंक्षीको ओसारपसारमा ध्यान दिन आग्रह गरेको छ । विभागले केन्द्रीय पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको रियल टाइम पीसीआर परीक्षणमा बर्डफ्लू पुष्टि भएको जानकारी दिएको छ ।

बर्डफ्लू पुष्टि भएसँगै फार्म तथा आसपासमा रहेका १८ सय ५६ वटा हाँस, ६ सय २२ वटा बट्टाई, ३२ वटा कुखुरा, २५ वटा टर्कीसँगै ५ सय ४२ अण्डा र ७५ केजी दाना नष्ट गरिएको विभागले जनाएको छ ।

रोग अन्यत्र फैलन नदिन बर्डफ्लू देखिएको क्षेत्रमा रहेका सबै घरपालुवा पंछी तथा रोग सार्न सक्ने अन्य वस्तुलाई नष्ट गरिएको विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । रोग देखा परेको क्षेत्रलाई निसङ्क्रमण गरिसकिएको छ ।

बर्डफ्लु नियन्त्रणका लागि अनिवार्य स्वास्थ्य परीक्षण गरी भेटेरिनरी प्रमाणपत्र लिएर मात्र पंक्षी तथा पंक्षीजन्य उत्पादनको ओसारपसार गर्न, फार्म परिसरमा जैविक सुरक्षाका विधिहरू अपनाउन, फार्मलाई नियमित निसंक्रमण गर्न तथा कुनै पंक्षी बिरामी परेमा वा मरेमा पशु सेवाका निकायमा सूचना गर्न विभागले आग्रह गरेको छ ।-इमेजखबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *