September 14, 2026

भद्रपुर जेसीजको ४५ औँ पद हस्तान्तरण

0

भद्रपुर । भद्रपुर जेसीजको ४५ औं पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम भद्रपुरमा सम्पन्न भएको छ ।

 

सन् २०२० का अध्यक्ष डिल्लीराम पोखरेलले आफ्नो गलामा भएको जेसीज चेन सन् २०२१ का अध्यक्ष खिलानाथ(निकास)पाण्डेलाइ लगाई आफ्नो पद हस्तान्तरण गरेका थिए ।

निर्वाचनबाट कार्यकारी उपाध्यक्षमा अभिशेख प्रधान , एकराज भट्टराइ,शैलेश श्रेष्ठ, रविन कार्की,अरिफ अलि,रमेश कार्की,निर्वाचित भएका थिए । त्यसैगरी २०२१ का तालिम संयोजक फणिन्द्र दाहाल, सदस्य समिति संयोजक रमेश लुइटेल, सचिवमा सविता कोइराला , कानूनी सल्लाहकारमा टिकाराम पाण्डे , महासचिवमा मनोज कुमार भट्टराइ, कोषाध्यक्षमा युवराज न्यौपाने , जनसम्पर्क अधिकारीमा लक्ष्मी भण्डारी, प्राविधिक संयोजक प्रकाश भट्टराइ र शिक्षा समिति संयोजकमा शेखर बुढाथोकिलाई मनोनित गरिएको छ । अन्य समितिमा पहिलो वैठकले मानेनित गर्दै लैजाने जनाइएको छ ।

२०२० का अध्यक्ष डिल्लीराम पोखरेललको सभापतित्व तथा नेपाल जेसीजका पूर्व अध्यक्ष अर्जुन कुमार प्रसाईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न विधामा जेसीजलाइ योगदान पुर्याउने व्यत्तिलाइ सम्मान तथा पुरस्कृत गरिएको थियो ।

भद्रपुर जेसीजले स्थापना गरेको देवीमाया–लक्ष्मी–रुकमिणा स्मृति पुरस्कारबाट तीनजना क्यान्सर रोगका विरामीलाइ नगद प्रदान गरिएको थियो । पत्रकारिताको क्षेत्रबाट योगदान पुर्याएवापत पत्रकार देवु वानियाँलाइ सम्मान गरिएको थियो ।

त्यसैगरी वर्ष १९ का अध्यक्ष खनुज खतिवडाका पिता स्वर्गीय कृष्णप्रसाद खतिवडाको स्मृतिमा अक्षयकोष खडा गरि समाजसेवी गणेश भट्टराइलाइ ११ हजार १ सय ११ रुपैयाँ नगदसहित सम्मान गरिएको थियो भने भट्टराइले सो नगद पुनः जेसीजलाइ सहयोग गरेका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य कार्यक्रम संयोजक मनोज कुमार भट्टराइले गरेका थिए । कार्यक्रममा जेसीज नन जेसीज, छिमेकी शाखा,भद्रपुर नगरका मेयर जीवनकुमार श्रेष्ठ,जेसीजका पूर्व अध्यक्षहरु लगायतको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *