September 14, 2026

सुरुङ्गा जेसीजले पायो पूर्णता ,रुविनालाई सम्मान

0

सुरुङ्गा, सुरुङ्गा जेसीजको वर्ष २०२१ का लागि नयाँ समितिले पूर्णता पाएको छ ।

 

 

केही दिन अघि सम्पन्न साधारण सभाबाट सर्वसम्मत निर्वाचित भएका पदाधिकारी बाहेक अन्यलाई थप गरी नयाँ समिति पूर्ण भएको हो । नयाँ समितिले एक भव्य कार्यक्रमका वीच पदभार ग्रहण गरेको छ ।

सुरुङ्गा जेसीजको वर्ष २०२१ का लागि पदभार ग्रहण गर्नेहरुमा नवनिर्वाचित अध्यक्ष यदुका ओली उप्रेती (उषा), कार्यकारिणी उपाध्यक्षद्वय राजकुमार कट्टेल र टीकाराम भण्डारी (सुदीप), उपाध्यक्षहरु मुक्ता कार्की, रिसवसिंह चाहर, खुस्बु पौड्याल , प्रतावबाबु जमरकट्टेल, तालिम संयोजक विनिता मैनाली, जनसम्पर्क अधिकारी किशोर दहाल, कानुनी सल्लाहकार सुष्मा न्यौपाने (उप्रेती), महासचिव मेनुका शिवाकोटी(देवका) रहेका छन् । यो १२ औं पद हस्तान्तरण कार्यक्रम हो ।

त्यसै गरी, कोषाध्यक्ष दीपेन्द्र प्रधान, सचिव चन्द्रकला ढकाल, प्रकरण निर्देशक सुमन कार्की, शाखा सम्पादक विजय पाठक, स्वास्थ्य संयोजक सुशिला बोहोरा, खेलकुद संयोजक विवेक शिवाकोटी, जेसीज सप्ताह संयोजक केशव शिवाकोटी, सांस्कृतिक संयोजक मनुशा श्रेष्ठ, व्यापार संयोजक अनमिका सिटौला, शिक्षा संयोजक सन्दिप मरासिनी, सञ्चार संयोजक रोहित कोइराला र संघसंस्था संयोजक पुष्पराज ढकालले पनि पदभार ग्रहण गरेका छन् । कार्यक्रमको अध्यक्षता समेत गरेका सुरुङ्गा जेसीज वर्ष २०२० का अध्यक्ष त्रिलोचन उप्रेतीले विदाइ मन्तव्य राखेका थिए ।

नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर अरुणेश्वर खनालको प्रमुख आतिथ्य रहेको सो कार्यक्रममा महिला क्रिकेटको राष्ट्रिय टिमकी कप्तान रुबिना क्षेत्रीलाई उत्कृष्ट नागरिक सम्मान प्रदान गरिएको थियो । निवर्तमान सांसद एलपी साँवा लिम्बू, प्रदेश सभा सदस्य हीराकुमार थापा, कनकाई नगरपालिकाकी उपप्रमुख मञ्जु प्रसाईँ, सम्मानित व्यक्तित्व रुबिना क्षेत्री, विर्ता जेसीजका निवर्तमान अध्यक्ष मिजास पोखरेल, सुरुङ्गा जेसीजका पूर्व अध्यक्ष कुमारमणि पोखरेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *