उद्योग संघ दमकले दियो दमक नगरपालिकालाई स्वास्थ्य सामग्री
उत्तम रिजाल ,दमक ।
उद्योग वाणिज्य संघ दमकले दमक नगरपालिकालाई विभिन्न स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

उद्योग वाणिज्य संघ दमकका अध्यक्ष गोकुल श्रेष्ठसहितको टोलीले नगरपालिकामै पुगेर नगरपालिकाकी उपप्रमुख गीता अधिकारीलाई नेबुलाइजर, भिटिएम किट, आस्थालीन, इप्रामेन्ट लगायतका औषधि तथा स्वास्थ्य सामग्री प्रदान गरेको हो ।
सो क्रममा १० वटा नेबुलाइजर प्रदान गरिएको थियो भने कोरोना भाइरस (कोभिड–१९) संक्रमण पत्ता लगाउन परीक्षणका लागि प्रयोग गरिने भिटिएम किट २०० पिस प्रदान गरिएको छ ।
स्वास्थ्य सामग्री ग्रहणपछि उपप्रमुख अधिकारीले वाणिज्य संघको टोलीलाई धन्यवाद दिँदै उपलब्ध सामग्री नगरपालिकाका आवश्यक स्वास्थ्य केन्द्रमा पठाउने बताए ।
त्यस्तै उद्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ, बरिष्ठ उपाध्यक्ष गोपाल गुरागाई, प्रथम उपाध्यक्ष राजु खड्का, द्वितीय उपाध्यक्ष राजकुमार योङ्या, तृतीय उपाध्यक्ष रमा लिम्बू, कार्यसमिति सदस्य रुबल अधिकारी, नगरपालिकाको क्वारेन्टाइन व्यवस्थापन समितिका सदस्य सचिव कुबेरप्रसाद भट्टराई लगायतको सहभागिता रहेको थियो ।
